१८ श्रावण २०८३, सोमबार
,
Latest
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो, २ जनाको अवस्था अझै अज्ञात



अ+ अ-

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ ।

गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको हो ।

आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उनीसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए ।