४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिकमा नेपालका श्यान्टु सेनेगलका इब्राहिमसँग ४–० ले पराजित



अ+ अ-
काठमाडौँ । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिस खेलमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन् ।
पुरुष एकल राउन्डको प्रारम्भिक चरणमा श्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन् । पहिलो सेटमा १०–१२ ले पराजित भएका उनी त्यसपछि ३–११, ४–११ र ५–११ ले पराजित हुनपुगे ।
श्यान्टुले यसअघि नेपालमै भएको दक्षिण एसियाली छनोटको फाइनल खेलमा नेपालकै संयोग कपालीलाई हराउँदै ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।
छनोट चरण पार गरेर पेरिस ओलम्पिक २०२४ मा सहभगिता जनाउने उनी एक्लो खेलाडी हुन् । समग्रमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि सङ्गिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।