२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

घरवारविहीन परिवारले घर पाउँदा…

घरवारविहीन परिवारले घर पाउँदा…
अ अ+ अ-

कञ्चनपुर । झुपडीमा बस्दै आएका बेदकोट नगरपालिका–५ धर्मपुरका गङ्गा मगर निकै खुशी देखिनुहुन्छ । झुपडीबाट पक्की घरमा सर्न पाउने भएपछि उहाँको खुशीको सिमानै छैन । ज्याला मजदूरी गरेर ल्याएको पैसाले परिवारको खाना खर्च जुटाउन मुस्किल हुने परिवारका मगरले पक्की घरमा बस्न पाउने कल्पनासमेत गर्नु भएको थिएन ।
 
दैलेखबाट चार दशक अघि बासस्थानकै खोजीमा बाजेकै पालामा कञ्चनपुर पुगेको मगरको परिवारको बस्ने ठेगाना थिएन । कुनै वर्ष कतै बस्दै आएका थियो । “भूमिहीन भएकाले भूमिहीनकै बस्तीमा बस्नका लागि आइपुगेका हौँ”, उहाँले भन्नुभयो, “प्लाष्टिक राखेर बनाइएको झुपडीमा निकै कष्ट सहेर बस्दै आएका छौँ ।”

“वर्षात्मा झुपडीभित्र पानी चुहिँदा अनिदोमै रात काटनुपर्ने अवस्था त छँदै छ । चिसोमा समेत शीत चुहिएर झुपडीभित्र राखेका कपडा निथु्रक्कै भिजेका हुन्छन् । बालबालिका र बुढापाकालाई चिसोबाट जोगाउन निकै सकस हुने गरेको छ”, उहाँले भन्नुभयो । “धेरै कष्ट सह्यौँ”, उहाँले भन्नुभयो, “पक्की घर पाउने भएका छौँ । चुनाव जितेर गएका नेताले दिएको बचन पूरा गरेका छन् । झोपडी हैन पक्की घरमै बसाल्छौँ । भन्थे त्यो कुरा साकार हुन थालेको छ ।” 

बस्तीमा ८५ परिवारको बसोबास रहेको छ । सबै जनाको आफ्नो स्वामित्वको जग्गा र घरबास छैन । खानेपानीका लागिसमेत बस्तीका बासिन्दाले निकै कष्ट सहँदै आएका छन् । बस्तीमा गाडिएका हेण्ड पम्पमा जेठ वैशाखमा पानी सुक्ने भएपछि टाढाको बस्तीबाट पानी बोकेर ल्याउनुपर्ने अवस्था छ । 

“धेरै परिवारको चुलोमा मजदूरी गरेर ल्याएको पैसाले आगो बल्ने गरेको छ”, बस्तीका पदम टमटाले भन्नुभयो, “मजदूरी गरेर मात्रै साँझ बिहानको छाक टार्दै आएका छौँ । आवास मात्रै दिएर भएन । रोजगारीको व्यवस्थासमेत मिलाई दिनु प¥यो ।” उहाँ भन्नुहुन्छ, “बास पाइने निश्चित भइसक्यो । गाँसको व्यवस्था गरियोस् ।”
 
विगतमा धेरै बस्तीका अधिकांश कमाउन भारतका विभिन्न क्षेत्रमा मजदूरी गर्न जाने गरेका थिए । कोभिडको सङ्क्रमणका कारण धेरै जनाले भारत जान पाएका छैनन् । बस्ती नजिकैका गाँउमा कृषि र निर्माण मजदूरका रुपमा कार्य गर्दै आएका छन् । थोरैले मात्रै नियमित मजदूरी पाउने गरेका छन् । आंशिक रुपमा पाइने मजदूरीले धेरै परिवारले परिवारको खाना खर्च जुटाउँदै आएको भूमि अधिकार मञ्चका जिल्ला उपाध्यक्ष खेम नेपालीले बताउनुभयो ।
 
उहाँका अनुसार बस्तीमा बस्दै आएका ८ परिवारले शौचालयसहित पक्की घर पाएका छन् । पाँच वटा घर निर्माण पूरा हुने क्रममा रहेका छन् । तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत रु ९५ लाखको लागतमा घर निर्माण गरिएका छन् । यहाँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद नरबहादुर धामी भूमिहीन, घरवासविहीन परिवारका लागि अवास निर्माण गर्ने कार्य निरन्तर रुपमा जारी रहने बताउनुहुन्छ । 

“सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँका २४६ परिवारको फुसको झुपडीको छाना फेर्ने कार्यक्रम रहेको छ”, उहाँले भन्नुभयो, “यसलाई आवासनै निर्माण गर्नेमा परिणत गरी आवास बनाएर दिन्छौँ ।” स्थानीय तह, सङ्घीय सरकार र प्रदेश सरकारको सहकार्यमा बस्तीका ८५ वटै परिवारका लागि घर निर्माण गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत यस बस्तीका २५ परिवारका लागि अवास निर्माणका लागि कार्य अगाडि बढाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले निर्माण गरिने आवासको शिलान्यासको कार्यसमेत गर्नुभएको छ ।
 
जसमध्ये पाँच वटा घर गैरसरकारी संस्था हेविटाटले बनाउने बचनबद्धता गरेको छ । मन्त्रालयका योजना शाखा प्रमुख गोकुल बोहराले विभिन्न क्षेत्रमा छरिएर रहेका घरबारविहीन परिवारका लागि कार्यक्रमअन्तर्गत एकीकृत रुपमा बस्ती स्थापना गरी बस्ने व्यवस्था मिलाइने बताउनुभयो । “घरवारविहीन परिवारका लागिका लागि आधारभूत आवश्यकता पु¥याउने दायित्व सरकारको हो”, उहाँले भन्नुभयो, “त्यसैअनुरुप यस वर्षको नीति तथा कार्यक्रमसमेत भूमिहीन र घरबारविहीन परिवारका लागि आवास निर्माण गर्ने योजना छ ।” 

उहाँका अनुसार प्रदेशका चार जिल्लाका सिमान्तकृत समुदायका लागि आवास निर्माणको कार्य शुरु हुन लागेको छ । घरबारविहीन परिवारका लागि कञ्चनपुरको बेदकोट, राजी समुदायका लागि कैलालीको भजनीमा, बादी समुदायका लागि डोटीको सिलगढीमा र अछामको मेललेकमा सुरक्षित आवास निर्माणका लागि डिपिआर गरिएको छ । निर्माण हुने आवासमा खानेपानी, सडक, विद्युत्लगायत सबै पूर्वाधार निर्माण गरिने योजना बनाइएको छ । 

“आवास मात्रै निर्माण गरेर ती परिवारलाई पुग्दैन”, योजना शाखा प्रमुख बोहराले भन्नुभयो, “क्षमता विकास गरी स्वरोजगार बनाउनका लागि कृषि, पशुपालनका कार्यक्रमसमेत जोडेर आत्मनिर्भर बनाउछौँ ।” भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरी पिछडिएको समुदाय, जोखिममा रहेका समुदाय र घरवारविहीन परिवारलाई पहिलो प्राथमिकतमा राखेर कार्यक्रमअनुसार आवास निर्माण गरिने बताउनुहुन्छ ।
 
“पहिलो वर्ष चार जिल्लाका विशेष जातीका बस्तीका बासिन्दाका लागि आवास निर्माण गर्छौँ”, उहाँले भन्नुभयो, “प्रदेशमा रहेका भूमिहीन, घरवारविहीन बस्तीकोे पहिचान गरी आवास निर्माण गरी आयआर्जनका कार्यक्रमँंग जोडेर लैजान्छौँ ।”

 भूमिहीन परिवारलाई अरुको भर नपर्ने गरी आफै मालिक बन्ने गरी स्वरोजगार बनाउका लागि योजनावद्ध रुपमा कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । यस क्षेत्रबाटै प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेशसभाका सदस्य लालबहादुर खड्का घरवारविहीन धर्मपुरका बासिन्दालाई आवाससँगै कृषि उद्यमीका रुपमा विकास गर्नका लागि कार्यक्रम सञ्चालन गर्न मन्त्रालयसँग छलफल गरेको बताउनुहुन्छ ।

“खानेपानीको योजनाका लागि ठेक्का भइसकेको छ”, उहाँले भन्नुभयो, “बस्तीका बासिन्दाले खेप्दै आएको खानेपानीको समस्या समाधान गर्नका लागि १८ महिनामा पूरा गर्ने गरी खानेपानी आयोजनाका लागि ठेक्का सम्झौता भई कार्यको थालनी भएको छ ।”
 
बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बस्तीका ८५ वटै झोपडीमा बस्दै आएका बासिन्दालाई पक्की घर निर्माण गर्ने प्रारम्भ भइसकेकाले कुनै पनि परिवार असुरक्षित तरिकाले बस्नु नपर्ने बताउनुभयो । “सुरक्षित बस्ती बसाउन जुन प्रतिबद्धता गरेका थियौँ”, उहाँले भन्नुभयो, “त्यो पूरा गरेरै छाड्छौँ ।” भूमि समस्या समाधान आयोगसँग सम्झौता गरी भूमिहीन परिवारलाई जग्गाको मालिक बनाउनसमेत कार्य अगाडि बढाइने उहाँले बताउनुभयो, “विसं २०५९ सालदेखि धर्मपुरमा घरबारविहीन परिवारले बसोबास गर्दै आएका छन् ।”