९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको पक्षमा राप्रपाको प्रदर्शन

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको पक्षमा राप्रपाको  प्रदर्शन
अ अ+ अ-

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको लागि संघर्षको घोषणा गरेको राप्रपाले आज ललितपुरमा प्रदर्शन गरेको छ । कुपोन्डोलबाट शुरु भएको मोटरसाइकल र्‍याली पुल्चोक, जावलाखेल, कुमारीपाटी, मंगलबजार हुँदै लगनखेल पुगेर सभामा परिणत भएको थियो ।
महंगी, बेरोजगारी समस्या, भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, संगठित र योजनाबद्ध धर्म परिवर्तनमा सरकारको असफलता र उदासीनताको विरोधमा र हिन्दु राष्ट्र, राजसंस्थाको पक्षमा राप्रपाले प्रदर्शन गरेको सो पार्टीका केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिका सदस्य नेता श्याम तिमल्सिनाले बताए । राप्रपा ललितपुरको आयोजनामा भएको प्रदर्शनका क्रममा ूजनता आऊ, राजा ल्याऊँ, देश बचाऔं, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरौं, धर्म संस्कृति मास्न पाइदैन, जनताको परिवर्तनको चाहनालाई स्विकार गर, देशको सिमाको रक्षा गर, भ्रष्टाचारीलाई कारबाही गर, विदेशी हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं जस्ता नारा लगाउँदै शहर परिक्रमा गरेको थियो ।


लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा नेताहरूले जनताको स्वस्फूर्त प्रदर्शनलाई लाञ्छना लगाउने, कमजोर साबित गर्न खोज्ने तत्वलाई जनताले पराजित गरिछाड्ने बताए । नेता तिमल्सिनाले नेपाल यतिखेर परिवर्तनको संघारमा रहेको, जनतामा परिवर्तनको तिव्र चाहना देखिएको र राप्रपा जनआवाजलालाई संश्लेषण गरेर अघि बढिरहेको बताएका छन् । उनले जनताको तागतका अगाडि संसारका ठूला ठूला शक्ति पनि निरीह भएको दृष्टानत दिदै नेपाली जनताको तागतलाई कमजोर नठान्न सरकार, सत्तासीन दल र गणतन्त्र पक्षधर शक्तिलाई आग्रह गरेका छन् । नेता रोशन कार्कीले संगठित र योजनाबद्ध धर्म परिवर्तनले नेपालको पहिचान र राष्ट्रियता संकटमा पर्दै गएको र यो धर्म निरपेक्षताकै दुष्परिणाम भएकाले नेपाली जनता जागरुक भइ कोर्स करेक्सनको दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएकी छिन् ।

अर्का केन्द्रीय सदस्य निरञ्जन विक्रम थापाले राजसंस्थाको पक्षमा हाल देशभर भइरहेको प्रदर्शनमा युवाको उल्लेख्य सहभागीता देखिनु सकारात्मक भएको र युवाको स्वस्फूर्त आवाजलाई बेलैमा सम्बोधन गर्न आग्रह गरेका छन् ।अर्थमन्त्री पौडेलले कोभिड(१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागिपरेको बताउनुभयो । अर्थतन्त्रलाई सबल, सक्षम र गतिशील बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छु उहाँले भन्नुभयो ।