९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

डब्लुएचओमा सूचीकृत नभए पनि कोभिड–१९ विरुद्धको खोप नेपाल आउने

डब्लुएचओमा सूचीकृत नभए पनि कोभिड–१९ विरुद्धको खोप नेपाल आउने
अ अ+ अ-

काठमाडौ । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौथौ नेपालको औषधि विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

अहिले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता भएको, त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र औषधि विभागमा दर्ता भएपछि नेपालमा ल्याएर लगाउन मिल्ने छ । सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन गरी जारी गरेको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले सोही अध्यादेशअनुसार कोभिड–१९ विरुद्धको खोप डब्लुएचओले सूचीकृत नगरे पनि नेपालमा ल्याएर नागरिकलाई दिन सकिने बताउनुभयो । अहिलेसम्म डब्लुएचओले कोभिड–१९ विरुद्ध बनेका कुनै पनि खोपलाई सूचीकृत र आकस्मिक प्रयोगका लागि सूचीकृत गरेको छैन । त्यही भएर नेपालले  कोभिड–१९ विरुद्ध उत्पादन गरेको मुलुकको नियमनकारी निकायमा दर्ता र त्यहाँका नागरिकलाई लगाएको आधार तथा नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएको अवस्थामा यहाँका नागरिकलाई खोप दिनेछ ।

अहिले कोभिड–१९ विरुद्धको खोप फाइजर एण्ड बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) तथा ‘साइनोभ्याक्स’ (चीन) का खोप अहिले अन्तिम परीक्षणमा छन् । खोप शाखाका निर्देशक डा गौतमका अनुसार अहिले फाइजर र मोडेर्ना कम्पनीका खोप मात्र उत्पादन गरेका मुलुकमा दर्ता भई त्यहाँका नागरिकले लगाएका छन् । दुवै अमेरिकी कम्पनी हुन् । फाइजर कम्पनी अमेरिका र बेलायत दुवै देशमा दर्ता भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत०, ‘स्पुतनिक–भी’ र ग्यामेलिया ९रुस० तथा ‘साइनोभ्याक्स’ ९चीन० का कम्पनी अन्तिम परीक्षणको रूपमा रहेका छन् ।

“सम्बन्धित देशमा दर्ता र नागरिकलाई लगाएका खोप डब्लुएचओमा सूचीकृत नभए पनि हालै जारी गरिएको औषधि ऐन–२०३५ अध्यादेशअनुसार नेपालमा दर्ता गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “डब्लुएचओमा सूचीकृत नभई यसरी नेपालमा दर्ता भएपछि यहाँका नागरिकलाई लगाउन सकिन्छ ।”

अक्सफोर्ड–एस्ट्राजेनेका कम्पनीले बनाएको खोप दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिने भएकाले उपयुक्त हुन्छ । माइनस २० डिग्री सेल्सियस तापक्रममा रहने मोडेर्नालाई पनि एक महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसमा राखेर प्रयोगमा ल्याउन सकिने शाखाका निर्देशक डा गौतमको भनाइ छ । उहाँले अहिले तत्काल नेपालका लागि अक्सफोर्ड– एस्ट्राजेनेका र मोडेर्ना कम्पनीका खोप मात्र उपयुक्त रहेको बताउनुभयो ।
 
भण्डारण क्षमता बढाइँदै

खोप शाखाले ‘कोभ्याक्स सुविधा’ मार्फत ल्याउन खोपको भण्डारणका लागि तयारी थालेको छ । शाखाका निर्देशक डा गौतमका अनुसार अहिले एक लाख ९० हजार लिटर क्षमता राख्न सकिने भण्डारण रहेको बताउनुभयो । “अहिले हामीसँग पहिलो चरणका तीन प्रतिशत जनसङ्ख्यालाई लगाउने खोपको भण्डारण क्षमता रहेको छ”, उहाँले भन्नुभयो, “चाँडै नै २० प्रतिशत जनसङ्ख्यालाई पु¥याउने खोप भण्डारण क्षमता बढाउने तयारीमा रहेका छौँ ।” कोभ्याक्स सुविधामार्फत कूल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने खोप ल्याउने तयारीमा सरकार रहेको छ । (रासस)