२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूरोडमा फुटपाथ विस्तारको विरोध गर्दै सडकमा उत्रिए स्थानीय



अ+ अ-

काठमाडौँ । न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले पुन: अवरोध गरेका छन् ।

न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै व्यवसायी र स्थानीयबासीहरु सडकमा उत्रिएका हुन् । अहिले सो क्षेत्रमा उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ ।

उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुन: बिस्तारको काम सुरु गरेको थियो ।

यसअघि पनि महानगरले न्यूरोडमा फुटपाथ विस्तारका लागि रोड काटेको अवस्थामा सडक डिभिजनले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै फुटपाथ विस्तारमा रोक लगाएको थियो । पछि महानगरले काटेको रोड सडक डिभिजनले पुन पीच गरेको थियो ।