४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त



अ+ अ-

काठमाडैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए ।

त्यस्तै, प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री रहेका खतिवडा आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।