२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्यवृद्धिदर २.६६ प्रतिशतले घट्यो



अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०–८१ को जेठ महिनामा मुद्रास्फीति घटेको छ ।

चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले जेठ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ४.१७ प्रतिशत रहेको जानकारी दिएको छ । अघिल्लो वर्षको जेठ महिनामा मूल्यवृद्धि दर ६.८३ प्रतिशत थियो । अघिल्लो आवको तुलनामा यो आवमा २.६६ प्रतिशतले मूल्यवृद्धि घटेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत छ ।

यस्तै, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैह्र–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढ्दा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ ।

जेठ महिनामा काठमाडौं उपत्यकाको उपभोक्ता मूल्यवृद्धि दर ४.२५ प्रतिशत, तराईको ३.८२ प्रतिशत, पहाडको ४.६३ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ ।अघिल्लो वर्षको जेठान काठमाडौंको ७.१९ प्रतिशत, तराईको ६.९३ प्रतिशत, पहाडको ६.२८ प्रतिशत र हिमालको मूल्य वृद्धिदर ६.३९ प्रतिशत थियो ।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Eleven Months' data of 2080.81)