१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ

मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउने

मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउने
अ अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौं उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्ची खानेपानीको हेडबक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउन सक्ने बताउनुभएको हो । २०७८ साल असार १ गतेको प्राकृतिक विपद्का कारण मेलम्चीको खानेपानी आयोजनाको हेडबक्स क्षति गरेको थियो ।

त्यसयता हेडबक्सको मर्मतसम्भारको काम भइरहेको छ । वर्षातको समयमा पानी पठाउँदा थप क्षति हुनसक्ने भन्दै गत असार १० गतेदेखि मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गरिएको छ । बैठकमा बोल्दै सचिव आचार्यले काठमाडौंमा दीर्घकालसम्म पानी खुवाउनका लागि हेडबक्स सार्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले साबिककै हेडबक्सबाट वर्षात्को समयमा पानी खुवाउन नसकिने स्पष्ट पार्नुभयो । उहाँले एडिबीले मेलम्ची खानेपानी आयोजनाका लागि २ अर्ब रुपैयाँ अनुदान दिन लागेको जानकारी पनि दिनुभयो ।

उहाँले भन्नुभयो – ‘मेलम्चीको कुल लागत ६६/६७ अर्ब भन्दा बढी छैन अहिलेसम्म । एडिबिले दिएको हो ऋण । जसले यो ऋण दिएको हो उपनि उत्तिकै चिन्तित छ नि । आफूले दिएको ऋण सबै खेर गयो भने भनेर ऊ पनि चिन्तित छ नि त । उसले पनि अध्ययन गराएकै हो । ०५६ सालदेखि ५९ सालसम्म । अहिले पनि मेलम्चीको लागि एडिबिले अध्ययन गराइरहेको छ । अहिले त्यहाँको हेडबक्स नसारिकन काठमाडौंमा बाह्रै महिना पानीको आपूर्ति गर्न सकिँदैन । क्यानेडियन कल्सल्टेन्टको रिर्पोटमा, पुल्चोक क्याम्पसको इन्जिनियरिङ अध्ययन संस्थानका सबै विधाका गुरुहरुले रिभ्यु गरेर दीर्घकालसम्म पानी खुवाउने हो भने मेलम्चीको हेडबक्स सार्नैपर्छ भन्नुभएको छ । एडिबिले पनि झन्डै २ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । मेलम्चीको पानी ६/७ महिना खुवाइरहेका छौँ त । विपद्को बेला ३ महिना नसकेको हो । अरु बेला त खुवाइरहेका छौँ त । मेलम्चीको पानी आएको होइन भन्ने कुरामा स्पष्ट पार्न चाहन्छु, असार १० गतेसम्म रिङरोडभित्र खुुवाएका छौँ ।’

त्यस्तै मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले पनि मेलम्ची खानेपानी आयोजनाको हेडबक्स कडा चट्टान भएको स्थानमा सार्नुपर्ने बताउनु भयो । उहाँले हेडबक्स सार्नका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी गराउनु भयो । उहाँले मेलम्चीबाट कुनै प्रशोधनबिना पानी काठमाडौं पठाइरहेको अवस्थामा वर्षातको समयमा पानी पठाउँदा टनेलमा ग्रेगर र माटो जमेर क्षति हुनसक्ने भएकाले वर्षात्को समयमा पानी नपठाइएको बताउनु भयो । उहाँले बाढी घट्नासाथ भदौबाट मेलम्चीको पानी काठमाडौं पठाइने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको हेडबक्र्स प्रयोग गर्न सक्ने अवस्था नभएको कारणले गर्दा हेडबक्र्सलाई रिलोकेट गर्नका लागि अहिले भएको भन्दा माथिल्लो क्षेत्रको करिब ८०० देखि १००० मिटरको दुवैपटी जहाँ हार्डरक छ, त्यस्तो उपयुक्त स्थानमा हेडबक्र्स सार्ने भनेर मन्त्रिपरिषद्बाट पनि सैद्धान्तिक सहमती प्राप्त भइसकेको अवस्था छ । अहिले हामीले काठमाडौंमा पानी हेडबक्र्सको निर्माणको लागि नदीलाई फर्काएर तल हेडबक्सको काम गर्न बनाएको अल्टरनेट डाइभर्सन टनेल थियो त्यो टनेलमा १६ सय एमएमको पाइप जोडेर अस्थायी रुपमा पानी पठाइरहेका छौँ । बर्षात्को बेलामा हामीले पानी पठाउन किन सक्दैनौँ भने डाइरेक्ट हामीले नदीबाट टनेलमा पानी हाल्नुपर्ने अवस्था छ । माथिबाट आएको ग्रेगर, माटो सबै टनेलमा जान्छ । त्यसरी पानी हाल्दा लेदो सबै काठमाडौँ नआइकन बिचमा जम्मा हुन्छ । त्यसकारण वर्षाको बेलामा हामी पूर्णरुपमा पानी बन्द गर्छौ । बाढी घट्ने बित्तिकै भदौको केही समय पछाडी पानी काठमाडौंमा पठाउन सक्ने अवस्था छ ।’

त्यस्तै बैठकमा बोल्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले भूमिगत र सतह स्रोतबाट १० करोड लिटर पानी संकलन गरेर ६ देखि १२ दिनको अन्तरालमा काठमाडौं उपत्यकामा पानी वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘भुमिगत स्रोतबाट ४ करोड लिटर पानी सतह स्रोतबाट ६ करोड लिटर बराबर गरी १० करोड लिटर पानी संकलन गरेर ६ देखि १२ दिनको अन्तरालमा पानी वितरण गर्दै आएको अवस्था छ ।’

उहाँले वर्षात्को समयमा स्थानीय स्रोतहरुबाट समेत पानी धमिलो आउने हुनाले पानी वितरणलाई निरन्तरता दिन नसकेको बताउनु भयो ।