१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह

मन्त्रालयको बाँडफाँड भइसकेको छैन, राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छु: ओली

मन्त्रालयको बाँडफाँड भइसकेको छैन, राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छु: ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा नभइसको भन्दै को—को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताउनु भयो । उहाँले काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताउनु भयो । उहाँले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरुलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताउनु भयो । उहाँले सामान्यत: स्ट्रेन्थको आधारमा पार्टीहरुलाई स्थान निर्धारण गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रालयको बाँडफाँड पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । कोको सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यत: स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ । राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौँ भने आयात त वृद्धि भइरहने भयो । निर्यात हुने नै भएन । व्यापार सन्तुलनका कुरा नै अवरुद्ध हुन्छन् । सबै कुरा निर्भर गर्दछ, राष्ट्रिय उत्पादन वृद्धिले । हाम्रो अहिले उद्यमशिलतामा ध्यान जानु,कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा जोड दिनु र व्यवसायिकतामा ध्यान दिनु, उद्यमशिलता, उद्योगीकरण, आधुनिकीकरण, प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो । उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनु आजको आवश्यकता हुन् । शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो । जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ ।’

अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताउनु भयो । उहाँले उद्यमशिलतामा, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनुपर्ने पनि बताउनु भयो । जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताउनु भयो । उहाँले शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।