२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशलाई अहिलेको अवस्थाबाट निकास दिनु बाहेकको विकल्प नभएको बताउनुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई निकास दिन ठूला राजनीतिक दलहरुले सोच्ने बेला आइसकेको र संविधान संशोधनका लागि दुई ठूला राजनीतिक दलहरु मिल्नु राम्रो भएको बताउनु भयो । उहाँले भ्रष्टाचार गर्ने कुनेपनि नेताहरुलाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन अवस्था देशको छ, त्यसलाई निकास दिने बाहेक अर्को विकल्प छैन । त्यसको लागि ठूला पार्टीहरुले सोच्ने बेला आइसकेको छ । जसको जसको फाइल बनेको छ, जसले भ्रष्टाचार गरेका छन्, म रविजीलाई भन्न चाहन्छु, अझै गृहमन्त्री हुनुहुन्छ, तत्काल कारबाही गर्नुस् न नेपाली जनताले यो चाहेका छन् । अहिलेसम्म खालि एउटाले अर्कोलाई आरोप लगाउने बाहेक कुनै काम भएको छैन । गलत काम कोही ठूला नेताले गर्छ भने कारबाही गर्नुस् । निर्दोषलाई फसाउन पाइँदैन ।’

सांसद सिंहले मन्त्री खानका लागि राप्रपा मरिहत्ते नगर्ने बताउनु भयो ।