७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभाजित नेकपा : ओलीको गृहजिल्लामा प्रचण्ड–नेपाल पक्ष कमजोर



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बलियो अवस्थामा देखिएका छन् । जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी कमिटीमा ओली समूह बलियो देखिएको हो । 

१७७ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट १०६ जना र पूर्वमाओवादीबाट ७१२ जना रहेका छन् । पूर्वएमाले पक्षधर ६० प्रतिशत रहेको झापामा ओली पक्षीयको बहुमत रहेको छ भने पूर्वमाओवादी पक्षबाट पनि केही ओलीतिर लागेको राजधानी दैनिकमा खबर छ । 

जिल्ला अध्यक्ष चिन्तन पाठक केन्द्रीय सदस्य भएका छन् । यस्तै पूर्वसांसद तथा कार्यालय सदस्य प्रेम गिरी केन्द्रीय सदस्य भइसकेका छन् । यसैगरी कार्यालय सदस्य राजेन्द्र दाहाल अहिले ओली कित्तामा लागेका छन् । 

पूर्वमाओवादीबाट सचिव रहेका मणि लिम्बु बादल समूहमा छन् । कार्यालय सदस्य चन्द्रा श्रेष्ठ, मोहन टुडु, अरुण श्रेष्ठ भने प्रचण्डनेपाल समूहमा रहेका छन् । कार्यालय सचिव शिवकुमार ढुंगेल ओली समूहमा खुलेर लागेको समाचारमा उल्लेख छ । यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखमा पनि ओली पक्षको बहुमत स्पष्ट देखिएको समाचारमा उल्लेख छ । रातोपाटीबाट