७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

सर्बोच्चले न्याय दिन्छ, ओली गणतन्त्र मास्न लागे : प्रचण्ड(भिडियो सहित )

सर्बोच्चले न्याय दिन्छ, ओली गणतन्त्र मास्न लागे : प्रचण्ड(भिडियो सहित )
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद विघटनको कदम असंवैधानिक भनि फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीको आगामी कार्यक्रमको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले संसद विघटनको कदम विरुद्ध नेकपा सर्वोच्च अदालतमा गएको र अदालतले संसद विघटन अलोकतान्त्रिक, असंवैधानिक भनि फैसला गर्नेमा भरोसा रहेको बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतले संविधानको व्यवस्था अनुसार नै फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले सरकारको असंवैधानिक र निरंकुश कदका विरुद्ध शुक्रबारदेखि नै आन्दोलन थालेको बताउँदै समस्या समाधान नभए अझ सशक्त आन्दोलन गर्ने घोषणा गर्नुभयो । सरकारले संविधान विपरितको कदम चालेकाले अग्रगमन चाहने शक्ति एकताबद्ध हुन उहाँले अपिल समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले बहुमत सदस्यको उपस्थिति र हस्ताक्षरमा केन्द्रीय कमिटी बैठक बसेको र निर्वाचन आयोगमा सशरिर उपस्थित हुन सक्ने भन्दै पार्टीको नाम, चुनाव चिन्ह, लोगो लगायत पार्टीको आधिकारिकता आयोगले आफुहरुलाई दिनुपर्ने दाबी गर्नु भयो । उहाँले विद्यमान संविधान र ऐन बमोजिम निष्पक्ष निर्णय दिनेमा निर्वाचन आयोग प्रति विश्वास रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नयाँ संविधान बनाउँदा नै प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्थालाई राखिएको भएपनि प्रधानमन्त्री ओलीबाट निर्ममतापूर्वक लोकतन्त्रको हत्या गरिएको बताउनुभयो । यसको विरुद्ध सबै राजनीतिक दल, नागरिक समाज, संघसंस्था, पत्रकार लगायत सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको उत्तर दिदैँ अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पहिले गरेका सहमतीको कार्यान्वयन गर्दै जाउँ अथवा महाधिवेशन अघि विशेष राष्ट्रिय सम्मेलनबाट पार्टीको समस्या हल गरौँ भन्ने प्रस्ताव राखेको तर प्रधानमन्त्रीले सुन्दै नसुनी संसद विघटन गरेको आरोप लगाउनुभयो । सरकारलाई आफुहरुले सहयोग नगरेको भन्नेकुरा गलत भएको समेत अध्यक्ष प्रचण्डले बताउनुभयो ।