७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

हो, उहाँहरु मण्डलामै हुनुहुन्छ !

हो, उहाँहरु मण्डलामै हुनुहुन्छ !
अ+ अ-

काठमाडौं । माइतीघर मण्डलामा उखु किसानको अलापले दुई हप्ता नाघिसक्यो । त्यसो त यो उनीहरुको दोस्रो संस्कारण हो । तर पनि उनीहरुका आँशु रोकिएका छैनन् । कृषिप्रधान देशका किसानका आँशु ।

तर शुक्रबार ती किसानले भने एउटा अनौठो दृश्य देखे । उनीहरुभन्दा अगावै मण्डलाको बीच सडकमा कोही बस्ने तरखर गर्दै थिए । किसानको आँशु झार्ने दैनिकी खानापछि मात्र हुन्छ । पशुपति धर्मशालामा बसेका उनीहरु बिहानको खानाको जोहो गर्छन्, यसो पेट पूजा गर्छन् र मण्डातिर लाग्छन् । शुक्रबार पनि दुःख विसाउने त्यही चौतारीमा आएर बीच सडकमा आसन कस्ने तरखर के गर्दै थिए, पालो अर्कैले मिच्दैथिए । त्यो बडो अनौठाको दृश्य थियो ।

उनीहरुले अघिल्लो वर्ष र यसवर्षको म्याराथन आन्दोलनका क्रममा पनि यस्तो देखेका थिएनन् । बिहान केही हाइप्रोफाइल  मण्डलामा आए । तिनका पछि पछि पछुवा (स्कटिङ), पिए र केही थान कार्यकर्ताका लावालस्करले घेरेका थिए । मण्डलामा सधैँ उखु किसानको बाटो छेक्ने प्रहरीले उनीहरुको भने बाटो खुलाइदिँदै, खाली गर्दै थिए । मण्डाको नजिक आएपछि उनीहरुले बस्ने तरखर गरे । कसैले भूइँको धुलो फुकिदियो, साथका केही सहयोगीले यहाँ बस्दा हुन्छ भन्ने इसारा आँखैआँखाले छोडिदिए । त्यसपछि कोटको पछिल्लो कुनो यसो उचाले र र ठसक्क बसे । उनकै पछि उभिए उनको सुरक्षार्थ सरकारले दिएका अगुवा पछुवा सुरक्षाकर्मी ।

एडिसीको अघिल्तिर आसन कसेका उनीहरु यसो हेर्दा नेताजस्तै देखिएको एकजना आन्दोलनकारी उखु किसानले बताए । अर्का एक किसान भन्दै थिए– हाम्रो आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका होइनन् र ? हामीलाई त केही खबरै नगरी आए त । यत्तिकैमा अलिक टाँठोजस्तो देखिने अर्काले भने– तेरो आन्दोलनमा आउने फुर्सल अब उनीहरुलाई कहाँ हुन्छ ? अब उनीहरुकै आन्दोलन शुरु भइसक्यो । फोटो खिच्न त्यहाँ बोलाइएका पत्रकारले फोटो खिचुन्जेल यसो एकैछिन् मात्र बसेका उनीहरुले उखु किसानतर्फ फर्केर पनि हेरेनन् । बीच सडकै थचक्क बसेका थिए यो देशका तीनजना पूर्व प्रधामन्त्रीहरु– माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल ।

एडीसीको सहारामा अनसनमा बसेका उनीहरुको छातीमा लेखिएको थियो– हामी यहाँ छौँ । हो, उहाँहरु यतिखेर त्यहाँ हुनुहुन्छ जहाँ किसानले न्याया पाएका छैनन् । यो उहाँहरुकै भाषामा सडक हो । किनभने आफूहरु आन्दोलनका लागि सडकमा आएको बताउनुभएको छ । जुन सडक किसानाले नापेको वर्षदिनबाट बढी भयो तर न्याया पाएका छैनन् । न्याय पनि यस्तो कि किसानले बेचेको उत्पादनको मूल्य उद्योगीबाट ।

यी भिआइपी आन्दोलनकारीहरुले माइतीघरको सडक कति नाप्नुपर्ने हो त्यसको कथा भने भर्खरै शुरु भएको छ । ती भीआइपीहरुको वरिपरि भएर बाटो हिँडेका बटुवा हुन् या मोटरसाइकलमा हिँडेका, उनीहरुले पनि कतिले छक्क मानेका थिए । अस्तीको राजनीतिक घटनाक्रम बुझेका केहीले नेकपाकै तीन नेताहरु प्रधानमन्त्रीका विरुद्धमा आन्दोलनमा आएको बुझेर फोटो खिचेका थिए भने अरु केहीले सत्तामा रहेको दलका नेता किन आन्दोलनमा छन् भनेर पनि फोटो खिचेका थिए । बाटो हिँड्ने मध्ये एकले भन्दै थिए– हो, उहाँहरु आज यहाँ हुनुहुँदो रहेछ, देशको यो हालत बनाउने उहाँहरु वास्तवमा सधैँ सडकमै रहनुपर्ने व्यक्ति हो ।

यो थाहा पाइसकेका किसान भने निरास थिए । अघि अघिका मन्त्रीहरुले आफ्नो आन्दोलनको पक्षमा ऐक्यबद्धता जनाएको भए पनि आफ्नो पक्षमा कुनै निर्णय हुन नसकेकोमा दुःखी नै छन् । त्यसैले आज पनि यी भिआइपी आन्दोलनकारीबाट कुनै अपेक्षा छैन उनीहरुको । तर आज भने गुनासो सुनाउने मण्डलामा बस्ने ठाउँ र पालो मिचिदिएकोमा दुःखी थिए । पछि भिआइपीहरुले फोटो खिचाएर हिँडेपछि मात्र किसानले अनसनमा बस्ने पालो पाएका थिए ।