१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ ।

देशका विभिन्न ३८ जिल्ला भ्रमण गरेर ढकालले पार्टीको अवस्थाबारे ३२ पेजको समीक्षा प्रतिवेदन तयार पारेको हुन् ।

पार्टीभित्र छलफल नहुँदै प्रतिवदेन सार्वजनिक गरेको र पार्टीको रणनीति विषयलाई मिडियाबाजी गरेको भन्दै ढकालको महामन्त्री पद ७ दिनका लागि निलम्बनमा छ ।

ढकालले प्रतिवेदनमा ‘सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो’ भन्दै जनताले उठाएका १० प्रतिनिधिमूलक प्रश्न समेटेका छन् । सभापति नै गृहमन्त्री बनेर सरकारमा गएको विषयलाई जनताले नरुचाएको उल्लेख गरेका छन् । ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबबसेको ?’,उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

समीक्षा_यात्रा_प्रतिवेदन_२०८१०३१२ (1)