२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचिमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो । समितिको बैठकबारे जनकारी गराउँदै समितिका संयोजक सूर्यबहादुर थापाले अनुसूचिमा रहेका २९ वटै सहकारीहलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको बताउनु भयो । उहाँले सहकारी सञ्चालकहरुलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उहाँले उपस्थित नभए कानून बमोजिम नै कारबाही हुने चेतावनी दिनुभयो । उहाँले समितिले गृहसचिव, प्रहरी महानिरीक्षकसहितलाई समेत शुक्रवार बस्ने बैठकमा उपस्थित हुन आग्रह गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले महालेखापरीक्षक तोयम राय, सम्पती शुद्धिकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारलाई जानकारीका लागि आमन्त्रित गरेका थियौँ । महालेखाको ६० औं र ६१ औं प्रतिवेदनमा पनि सहकारी क्षेत्रका समस्याका बारेमा उल्लेख भएको छ । २०७५ सालदेखि नै महालेखका प्रतिवेदनहरुमा सहकारी क्षेत्रमा देखापरेका समस्याहरुका सन्दर्भमा उल्लेख भएको पाइन्छ । यद्यपी महालेखाको सिधै कार्यक्षेत्र सहकारी संस्थासँग जोडिँदैन । नियमनकारी निकाय छ तर त्यसलाई चाहिने श्रोत, साधन, जनशक्ति छैन । वित्तीय विषय हेर्नुपर्ने छ, प्रशासनिक जनशक्ति छ, न्युन जनशक्ति छ, कानून बमोजिमका संयन्त्र बनेका छैनन् । २९ वटा जुन सहकारीहरु अनुसूचिमा हुनुहुन्छ, जो समस्याग्रस्त र विभिन्न कारणले विवादमा रहनुभएका उहाँहरु छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग गर्नुस्, उपलब्ध हुनुस्, उपलब्ध भएर सूचना दिनुस्, देश विदेशमा जता हुनुहुन्छ, त्यो भुमिका खेल्नुस् । कानून बमोजिम नै यो अपिल गरेका छाँै । हामीले गृहसचिव, प्रहरी महानिरीक्षकसहित अर्को छलफल गर्नेगरी भोलिका लागि जानकारी गराएका छौँ ।’

उहाँले बिहीवारको बैठकमा महालेखापरीक्षक तोयम राय, सम्पती शुद्धिकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीलाई बोलाएर सहकारी प्रकरणबारे जानकारी लिएको पनि बताउनु भयो ।