२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

सुविधाको खोप ‘तीन महिनाभित्र’

सुविधाको खोप ‘तीन महिनाभित्र’
अ अ+ अ-

काठमाडौँ । आगामी मार्चभित्र कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्धको खोप आउन सक्ने भन्दै गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) ले तयारी अवस्थामा रहन सन्देश पठाएको छ । खोपको भण्डारण, ओसारपसारलगायत अन्य तयारीका लागि गाभीले सरकारलाई जानकारी गराएको हो ।  ‘नयाँ वर्षको पहिलो तीन महिनाभित्र उपलब्ध गराउन सकिने जानकारी गाभीले दिएको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘कति दिने भनेर खुलाएको छैन तर तयारीमा बस्न भनेको छ ।’

उक्त जानकारीपछि न्यूनतम ३ प्रतिशत जनसंख्याका लागि आउने खोपको भण्डारण, ओसारपसारलगायत प्रक्रियाको सरकारले थालनी गरेको छ । कोभाक्ससँग खोप सुनिश्चितताका लागि निरन्तर सूचना आदानप्रदान भइरहेको डा. गौतमले बताए । गाभीको सूचनापछि मन्त्रालयले गाइडलाइन, कोल्डचेन, खोप केन्द्र, तालिम, सूचना सम्प्रेषण, खोप लगाउनेको प्राथमिकतालगायतमा पनि तयारी थालेको छ ।

कोभाक्सभन्दा पहिले नै नेपालमा अनुकूल हुने अर्को खोप आए त्यसलाई ल्याउने प्रक्रियाबारे पनि तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ । आउँदो मार्चसम्म कोभाक्सबाट न्यूनतम ३ प्रतिशत जनसंख्या अर्थात् ९ लाख जनालाई पुग्ने खोप आउन सक्ने मन्त्रालयको आकलन छ । कोभाक्सले मुलुकको २० प्रतिशत जनसंख्या अर्थात् ६० लाख जनालाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्घता जनाएको थियो ।

‘स्वास्थ्यकर्मीसहित कोभिड नियन्त्रण र व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएका अन्य व्यक्ति गरी करिब ९ लाख जनालाई पहिलो चरणको खोप दिने रणनीति छ,’ मन्त्रालयका एक पदाधिकारीले भने । हालसम्म मुलुकमा कोभिड संक्रमण पुष्टि भएका २ लाख ५७ हजार २ सय जनामध्ये ५ हजारभन्दा बढी स्वास्थ्यकर्मी छन् । सरकारले स्वास्थ्यसम्बन्धी काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई खोप लगाउने डा। गौतमले बताए । ‘यसबाहेक स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीबाहेकका अन्य जनशक्तिलाई समेत खोप दिइनेछ,’ उनले भने । नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्लगायत विभिन्न काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या २ लाख ५० हजारदेखि ३ लाखसम्म रहेको मन्त्रालय स्रोतले बतायो ।

सन् २०२१ मा कोभाक्समार्फत विश्वको कमजोर र मध्यम अर्थव्यवस्था भएका ९२ मुलुकलाई १३० करोड खोप उपलब्ध गराउने कोभाक्सले बताएको छ । १ सय ९० राष्ट्रको अनुरोधमा खोप बनाउने कम्पनीसँग सम्झौता गरेको उसले जनाएको छ । कोभाक्सले अक्सफोर्ड–अस्ट्राजेनिकाद्वारा बनाइएको २० करोड खोप किन्नेछ । उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ ।

नेपालमा सरकारी खोप कार्यक्रमअन्तर्गत २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्ने खोपका लागि कोल्ड चेन, ओसारपसारलगायत क्षमता भएकाले यस्तो खोप सहज रूपमा उपयोग गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन् । कान्तिपुर दैनिक