२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

नेकपाका दुवै समूहको तानातानमा प्रमुख प्रतिपक्ष दल कांग्रेस

नेकपाका दुवै समूहको तानातानमा प्रमुख प्रतिपक्ष दल कांग्रेस
अ अ+ अ-

काठमाडौं । सरकारले संसद् विघटन गरेसँगै नेकपाका दुवै समूहको तानातानमा प्रमुख प्रतिपक्ष दल कांग्रेस परेको छ । केन्द्रदेखि प्रदेश सरकार गठनमा समेत निर्णायक बनेसँगै कांग्रेस तानातानमा परेको हो । संसद् विघटन गर्ने सरकारको निर्णयविरुद्ध कांग्रेसले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

तर, कांग्रेसले सरकारको निर्णय असंवैधानिक भएको भन्दै आपत्ति जनाए पनि भित्रभित्रै भने निर्वाचनको तयारीमा जुट्ने रणनीति बनाएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली समूह र नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले नै कांग्रेसको साथ खोजेको छ ।

–बाहिर असंवैधानिक कदम, भित्रभित्र निर्वाचन तयारी
–नेकपाका दुवै समूहलाई कांग्रेसको आस

संसद् विघटन भएसँगै विभाजित बन्न पुगेको नेकपाको दुवै समूहले प्रदेश सरकारमा समेत मिलेर अगाडि बढ्न हानाथाप गरिरहेका छन् । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध प्रचण्ड–माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । तर मुख्यमन्त्री पौडेलले विश्वासको मत लिने दाबी गर्दै आउनुभएको छ । सातवटै प्रदेशमा दुई समूह विभाजित हुँदा कांग्रेस निर्णायक भूमिकामा देखिएको छ ।

कांग्रेसको पार्टी कार्यालयमै प्रचण्ड–नेपाल समूह र कांग्रेसका बीच संसद् विघटन गर्ने असंवैधानिक कदमविरुद्ध सहकार्य गरेर जाने सहमतिसमेत भइसकेको छ । तर, संयुक्तरुपमा ओली सरकारको विरुद्ध आन्दोलन गरेर अगाडि जाने मनस्थितिमा भने कांग्रेस देखिएको छैन । पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको फैसलापछि मात्र थप रणनीति बनाएर अगाडि बढ्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल तत्काल सडक आन्दोलनबाटै गलत कदम खारेज गराउन सकिने अडानका बीच पुस १३ गते १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।

प्रचण्ड–नेपाल समूहको नेकपाले संसद् विघटन गर्ने सरकारको निर्णयका विरुद्ध कांग्रेसका सांसदहरुको समेत हस्ताक्षर लिएर सर्वोच्चमा रिट दायर गर्ने रणनीति बनाएको थियो । तर, कांग्रेसले उक्त कार्यमा साथ नदिएपछि प्रचण्ड–नेपाल समूहका १ सय १४ जना सांसदहरुले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा संसद् विघटनको निर्णय खारेज गर्न माग गर्दै रिट दर्ता गराएका थिए । विघटित प्रतिनिधिसभा संसद् नेकपाका १ सय ७४ रहेकामा एक जना सांसद सानु शिवाको निधन भएको संख्या घटाउँदा १ सय ७३ जना रहेको छ । नेपाली कांग्रेसको ६३ सिट, जनता समाजवादी पार्टीको ३४ सिट छ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको १ सिट, हुम्लाबाट छक्कबहादुर लामाको १ सिट र राप्रपाका राजेन्द्र लिङ्देनको पनि १ सिट रहेको छ ।

पुस ५ गते सरकारले संसद् विघटन गरेसँगै आक्रामक देखिएको कांग्रेसले एक सातापछि मात्र केन्द्रीय कार्यसमितिको बैठकबाट आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । एक दिनका लागि घोषणा गरिएको कार्यक्रमपछि अर्को कार्यक्रमका बारेमा भने मौन रहेको छ । पुस १३ गते कार्यक्रम भएपछि पुस १९ गतेसम्मका लागि आन्दोलनको कार्यक्रम स्थगित गरिएको छ । संसद् विघटनविरुद्ध सभापति देउवा कडारुपमा प्रस्तुत हुन नचाहेको कांग्रेस नेताहरुले आरोप लगाएका छन् । कांग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय समितिको बैठकले संसद् विघटन गर्नु असंवैधानिक कदम भनेपछि अब पार्टी अलमल र दोधारमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कांग्रेसले दबाबमूलक कार्यक्रम ल्याएन भन्ने पार्टीभित्रबाटै ठूलो मात्रामा कुरा उठिरहेको छ, घोषित आन्दोलनका कार्यक्रम सकेलगत्तै पुनः सशक्त कार्यक्रम बनाउनुको विकल्प छैन ।’

यति बेला पनि सरकारले गरेको असंवैधानिक कदमविरुद्ध चुप लाग्नु भनेको लोकतन्त्र नै समाप्त हुने बताउँदै नेता पौडेलले असंवैधानिक कदम सच्याउन सडक आन्दोलनको विकल्प नभएको बताउनुभयो ।कांग्रेसमै वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापालगायतका नेताहरु संसद् भंग गर्नु असंवैधानिक भन्ने निष्कर्षमा पार्टी पुगिसकेकाले सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा उभिएका छन् भने सभापति देउवा तत्काल सशक्त आन्दोलन गर्न नहुने रणनीतिमा लागेको बताइएको छ ।

संसद् विघटनलाई कांग्रेसले अलोकतान्त्रिक र असंवैधानिक भनेको छ । तर सभापति देउवाले भने अदालतले संसद् पुनस्र्थापना ग(यो भने स्वागत गर्नुपर्ने र यदि संसद् पुनस्र्थापना भएन भने चुनावमा जानुपर्नेमा जोड दिँदै आएको उनी निकट एक केन्द्रीय सदयले बताए । सभापति देउवाले अदालतमा विचाराधीन विषयमा धारणा बनाउनु आवश्यक नरहेको बताउँदै आउनुभएको छ । कांग्रेसका कतिपय नेताहरु संवैधानिक परिषद्ले गरेको विवादास्पद नियुक्ति सिफारिसबारे नबोल्नु र संसद् विघटनको मुद्दालाई नचर्काउनुले सभापति देउवामाथि शंकाको दृष्टिकोणले हेर्दै आएका छन् ।

विरोधमा उत्रिन अपिल

संसद् विघटनका विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा आह्वान गरेको विरोध प्रदर्शनमा सहभागिता जनाउनका लागि सभापति शेरबहादुर देउवाले अपिल गर्नुभएको छ । सभापति देउवाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्धमा आह्वान गरिएको विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘पार्टीले सरकारको कदमको विरोध प्रदर्शन आयोजना गरेको छ । त्यसमा सक्रिय सहभागिताका लागि म सबैमा हार्दिक अपिल गर्दछु ।’ ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ।’ –उहाँले भन्नुभएको छ । नेपाल समाचारपत्र दैनिक