२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

बिहीबारसम्म एमिकस क्युरीको टुङ्गो

बिहीबारसम्म एमिकस क्युरीको टुङ्गो
अ अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले माग गरेबमोजिम अब आउने बिहीबारसम्ममा एमिकस क्युरी (अदालतको सहयोगी)को टुङ्गो लगाउने भएको छ । नेपाल बारका महासचिव लीलामणि पौडेलले अब आउने बिहीबारसम्ममा एमिकस क्युरीको निर्णय गरिसक्ने जानकारी दिनुभयो । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दर्ता भएका रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि शुक्रबार नेपाल बारबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई जना एमिकस क्युरी पठाउन भनेको थियो ।

इजलासले प्रतिनिधिसभा विघटनका लागि गरिएको सिफारिस र निर्णयको सक्कलै फाइल राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबाट झिकाउन पनि सर्वोच्चको प्रशासनलाई आदेश दिएको छ ।आदेशमा भनिएको छ– ‘प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको भनी रिट निवेदनमा उल्लेख भएको हुँदा सोसम्बन्धी निवेदन कुन मिति र समयमा दर्ता भएको हो सो  खुल्ने गरी सक्कल रजिस्ट्ररसमेतका कागजात संघीय संसद्को सचिवालयबाट झिकाउनू ।’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेकपाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रतिनिधिसभा विघटन गरिएको भनी आरोप लगाउँदै आएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित भएको इजलासले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुको नामावली पठाउन पनि आदेश दिएको छ ।

‘प्रतिनिधि सभा विघटन हुनुभन्दा तत्कालअघिको प्रतिनिधिसभा सदस्यहरुको दलको प्रतिनिधि खुल्ने गरी नाम र संख्यासहितको सम्पूर्ण विवरण संसद् सचिवालयबाट झिकाउनू।’ – आदेशमा उल्लेख छ । इजलासले राष्ट्रपति तथा प्रधानमन्त्रीको कार्यालयबाट यही पुस १९ गतेभित्रमा प्रतिनिधिसभा विघटन गर्नु पर्नाको कारण पेस गर्न पनि ती निकायहरुलाई आदेश दिएको छ ।ती निकायहरुलाई म्याद थाम्न तथा थमाउन नपाउने बेहोरा पनि आदेशमा उल्लेख गरिएको छ । विवादित सो विषयमा इजलासले यही पुस २२ गतेदेखि निरन्तर सुनुवाइ गर्ने  भएको छ । सर्वोच्चमा संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार गठन गर्ने गरिन्छ । प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध १३ थान रिट निवेदन सर्वोच्चमा दायर भएका छन् ।

सर्वोच्च बारले पनि एमिकस क्युरीको बारेमा चाँडो निर्णय गर्ने भएको छ । सो बारका सचिव शुभनराज आचार्यले त्यसबारेमा चाँडै नै टुङ्गो लगाउने जानकारी दिनुभयो । सर्वोच्चले वरिष्ठ अधिवक्ता र अधिवक्ताबाट एमिकस क्युरीका रुपमा पठाउन बारलाई अनुरोध गरेको हो । नेपाल समाचारपत्र दैनिक