२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे

संसद् विघटनविरुद्ध आज कांग्रेसको देशव्यापी प्रदर्शन

संसद् विघटनविरुद्ध आज कांग्रेसको देशव्यापी प्रदर्शन
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध आज हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन नेता–कार्यकर्तासहित सबैमा अपिल गरेका छन ।देउवाले शनिबार अपिल जारी गर्दै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुन नेता–कार्यकर्तासहित शुभचिन्तक तथा लोकतन्त्र पक्षधर सबैलाई आग्रह गरेका हुन् । अपिलमा देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरितको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमतसाथ उभिएको दाबीसमेत गरेका छन् ।

कांग्रेसले गत बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट १३ पुसमा १ सय ६५ वटै प्रतिनिधि सभातर्फका निर्वाचन क्षेत्रमा संसद् विघटनविरुद्ध बिरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा सहभागी हुन भन्दै जारी अपिलमा देउवाले ‘पार्टी सदस्य, शुभचिन्तक तथा लोकतन्त्र पक्षधरलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न’ आग्रह गरेका छन् ।

कांग्रेसले सरकारले संसद् विघटनको निर्णय लिएलगत्तै पदाधिकारी बैठक डाकेर प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदम भनेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संसद् विघटनको पक्षमा उभिएको भन्ने आशंका उनले व्यहोर्दै आइरहेका छन् । राजधानी दैनिक