९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा

प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा
अ अ+ अ-

काठमाडौं । प्रभु बैंकले भिजा ईन्टरनेशनलसँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आज देखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रियरुपमै व्यबसायिक कारोवारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिने बैंकले जनाएको छ ।

यो प्रभु बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनी-कर्पोरेट ग्राहकहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरीएको हो ।

यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । व्यापारिक घरानाहरू,फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार भएको र यस कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित हुने बैंकले दाबी गरेको छ ।

बिजनेस डेबिट कार्डको मदतले निम्न लिखित भुक्तानी आवश्यकताहरूलाई केन्द्रीकृत गरेर तत्काल लाभ उठाउन सकिन बैंकले उल्लेख गरेको छ ।

१. यात्रा र मनोरञ्जन आवश्यकताहरू

बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सकिन्छ । यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मदतले, टिकटहरू ९हवाई र बस० तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरु सँग खरीद गर्न सकिन्छ । यसरी व्याबसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेशन झंझट कम गर्दै अग्रिम भुक्तानहरू व्यवस्थितगर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ ।

२. कार्यालय खर्च र खरीद आवश्यकताहरू

बिजनेस डेबिट कार्डको मदतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरीदको लागि भुक्तानी गर्न सक्दछन् । उनीहरूले बिक्रेताहरूसँग राम्रो छुटको लागि सीधै कुराकानी गर्न सक्दछन् किनकि बिक्रेताले उनीहरूको बैंक खातामार्फत तुरुन्तै सुरक्षित् रुपमा भुक्तानी प्राप्त गर्दछन् ।

३.प्रशिक्षण आवश्यकताहरू

भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथ यसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मदत गर्न सक्छ । ई–कमर्स र पीओएस टर्मिनलहरू मार्फत भुक्तानी को स्वीकृतिसँग, व्यापारिक घरानाहरूले पारदर्र्शी र सजिलैसंग प्रशिक्षणको लागि भुक्तानी व्यवस्थित गर्न र भुक्तानी गर्न सक्दछन् ।

४. व्यवसाय डेबिट कार्डको साथ लाभ र मुल्य अभिवृद्धि

ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालन का लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दछ ।

प्रभु बैंकद्धारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मदतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।