काठमाडौ । नेकपा नेपाल–दाहाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाको बैठक आह्वान नहुँदासम्म सडक नछाड्ने बताउनु भएको छ ।
प्रतिनिधिसभाको विघटनको विरोधमा आयोजित कार्यक्रममा नेता भट्टराईले भन्नुभयो, आजको प्रदर्शन सडकमा जनाउ दिन मात्र भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन, प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौं ।











