२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान

कर्मचारीलाई पर्यटनमन्त्री ढकालको आग्रह : ‘ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नुहोस्’

कर्मचारीलाई पर्यटनमन्त्री ढकालको आग्रह : ‘ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नुहोस्’
अ अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गर्नुभएको छ ।

मंगलबार मन्त्रालयमा नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छ भन्ने आधारमा सही कुरालाई बेठिक ढंगले सल्लाह नदिन आग्रह गर्नुभएको हो । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न नडराउन समेत आग्रह गर्नुभयो । यस्तै मन्त्रीले गर्ने काम र निर्णयहरु कर्मचारीले दिने सुझावमा भर पर्ने भएकाले पनि राम्रो नतिजा निकाल्नका लागि ठिक सुझाव मात्रै दिन आग्रह गर्नुभएको हो । मन्त्री ढकालले यस अघि भएका सबै राम्रा कामलाई निरन्तरता दिने समेत बताउनुभयो । तर समय परिस्थिति अनुसार बदलिएका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत हुने पनि मन्त्री ढकालले बताउनुभयो । यस्तै व्यक्तिगत हितको लागि भन्दापनि संस्थाको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्न समेत आग्रह गर्नुभयो ।

परिवर्तिन राजनीतिक घटनाक्रमका कारण प्रतिनिधि सभा नभएको अवस्थामा नयाँ कानून निर्माण गर्न नसकिने भएकाले कानूनी सुधार भन्दा पनि अन्य विषयमा केन्द्रीत भएर काम गर्न पनि मन्त्री ढकालले आग्रह गर्नुभयो । केही गठन आदेशबाट हुन सक्ने काम गर्न सकिने तर ऐन नियम निर्माण गर्न प्रतिनिधि सभा नभएको अवस्थामा कानून निर्माणका आधार मात्रै तयार गर्न सकिने पनि बताउनुभयो । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा हालसम्म लागू भएका कार्यक्रम र आगामी रणनीतिको बारेमा ब्रिफिङ गर्नुभएको थियो ।