७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग

प्रधानमन्त्री विरुद्ध मुख्यमन्त्री नै आए सडकमा !

प्रधानमन्त्री विरुद्ध मुख्यमन्त्री नै आए सडकमा !
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा एकजना मुख्यमन्त्री नै सडकमा आएका छन् । उनले प्रधानमन्त्रीका विरुद्धमा नाराबाजी गर्दै सडकमा आएका हुन् । प्रधानमन्त्रीको असंवैधानिक संसद् विघटनका विरुद्धमा भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सडक आन्दोलनमा निस्केका हुन् । 

उनी प्रचण्ड–माधव नेपाल समूहमा छन् । सो समूहले मंगलबार देशभरि गरेको विरोध कार्यक्रमअन्तर्गत मुख्यमन्त्री शाही सडक आन्दोलनमा उत्रिएका हुन् ।

नेकपाको कालीकोट जिल्लाका इन्चार्जसमेत रहेका मुख्यमन्त्री शाही यसअघि देखि नै प्रचण्ड माधव समूहमा लागेका थिए । उनलाई हटाउन केही समय मात्र अघि ओली पक्षका सांसदहरु नै लागेका थिए । 

आज भने मन्त्रालयको कामकाज छाडेर कालीकोट पुगेको बताइएको छ । मुख्यमन्त्री शाही कालीकोटमा निकालिएको जुलुशमा सर्वसाधारणसँगै सडकमा निस्केका थिए । उनी प्रधानमन्त्रीको विरुद्धको नाराबाजीमै लागेका थिए । 

पछि उनले सभालाई पनि सम्बोधन गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै ओलीको कदमको चर्को आलोचना पनि गरेका थिए । 

सो सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मुलुकलाई थप संकटमा पारेको आरोप लगाएका थिए । मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीले गरिबी विरुद्धको शासन व्यवस्थासँग नलडेर तानाशाहीको पक्षमा लागेको आरोप पनि लगाए । 

प्रधानमन्त्री ओलीले पार्टीका विरुद्धमा गद्धारी गरेको र देशको कम्युनिष्ट आन्दोलनलाई नै ठूलो धोका दिएको आरोप पनि लगाए ।  

शाहीले प्रधानमन्त्री ओलीका विरुद्धमा व्यापक मात्रामा आलोचना गरेका थिए । उनले भनेका थिए ओलीले आफू पक्षीय भेलाबाट केन्द्रीय समिति विस्तार गरेर म बहुमतमा छु भन्नु हांस्यास्पद हो, पार्टीको आधिकारिकता बहुमतले गर्छ अल्पमतले होइन । 

यतिमात्र होइन मुख्यमन्त्री शाहीले ओलीले असंवैधानिक कदम चालेर ओलीले अर्को जंगबहादुरको सपना देखेको आरोप पनि लगाएका थिए । प्रधानमन्त्री ओली व्यक्तिगत निहीत स्वार्थको पछाडि लागेको भन्दै उनले बालुवाटारले त्यसलाई सच्याउनु पर्ने बताए ।