२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान

नेताहरुले नबुझेको कुरा ! के संसद पुनस्थापना प्रधानमन्त्रीले गर्ने हो ?

नेताहरुले नबुझेको कुरा ! के संसद पुनस्थापना प्रधानमन्त्रीले गर्ने हो ?
अ अ+ अ-

काठमाडौं । संसदको विघटन भएको ठिक १० दिनमा हिजो राजधानीमा संसद विघटनको कार्यका विरोधी नेकपाका नेताहरुले विरोध जुलुस गरे । नेकपाकै पुष्पकमद दाहाल प्रचण्ड र माधव नेपाल पक्षले हिजो राजधानीमा विरोध र्यालीको आयोजना गरेका थिए । सो र्यालीपछिको विरोध सभामा निकै ठूलो संख्याका नागरिक उपस्थित पनि थिए । 

यहाँ यो समाचारको आसय आमसभाको विस्तृत स्वरुप भन्दा पनि त्यहाँ अभिव्यक्त भएको विषयको  हो । हाल प्रधानमन्त्री नेकपाकै नेता छन् केपी ओली । तर उनको विरुद्धमा निस्किएको जुलुश पनि नेकपाकै नामको थियो र त्यसले पनि ओलीलाई नै बढी आलोचना गरेको थियो । सभामा बोल्ने नेताहरुले ओलीको यसरी आलोचना गरे कि ओली नेपालका ठूला तानाशाह नै हुन् । उनी निरंकुश हुन् र उनले नै नेपालको गणतान्त्रिक व्यवस्थामा धाबा बोलेका छन् । 

यो त नेकपाको विरोधको स्वरुप हो यत्तिमात्र नभएर अझै गालीगलौजमा पनि उत्रिन सक्ला । किनभने नेकपाको स्पष्ट बहुमत भएको छँदाखाँदाको संसदलाई ओलीले भत्काइदिएका छन् । बाहिरबाट हेर्दा यो राम्रो काम होइन किनभने कोरोनाको खोपका लागि पेस्क रकम दिन नसकेको देशका अघिल्तिर अब अर्बौं खर्च गरेर संसदीय चुनाव गर्नुपर्ने बाध्यता छ र यसले देशलाई फाइदा गर्दैन, नेकपाको आन्तरिक विवादलाई फाइदा गर्ने नगर्ने उनीहरु नै जानुन् । 

तर यहाँ उल्लेख गर्न खोजिएको आसय भने नेताहरुको बुद्धिको साँघुरो घेराप्रतिको हो । उनीहरुले भृकुटीमण्डमा आयोजना भएको सो आमसभामा बोल्ने क्रममा भनेका थिए कि– यदि विघटित संसद पुनस्र्थापना गर्छन् भने ओलीसँग अझैपनि बसेर कुरा गर्न हामी तयार छौँ, उनलाई क्षमा दिन अझै तयार छौँ । यो तर्क त्यहाँ बोल्ने तीन नेता प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले नै राखे । तर यो उनीहरुकको अज्ञानता बाहेक केही होइन । 

किनभने अब त्यो मुद्धा ओलीको हातमा छैन । संसद विघटनको मुद्धा सर्वोच्च अदालत प्रवेश गरिसकेको छ । अदालतमा पनि प्रधानन्यायाधीश अध्यक्ष रहेको संवैधानिक इजलासमा छ । यस्तो अवस्थाको मुद्धा अब के प्रधानमन्त्रीले फैसला गर्ने हो रु के अब यो प्रधानमन्त्रीको काबुमा छ रु देशको न्यायलयको अधिकारक्षेत्र भित्र प्रवेश गरिसकेको र मुद्दाका लागि इजलास नै गठन भइसकेको अनि त्यसका लागि बारसँग इमिकस क्युरी नै गठन भएको अवस्थाको मुद्दामा किन यसरी नेताहरुले अबुझ तर्क गरेका रु उनीहरुले यो नबुझेका कि बुझेर पनि बुझपचाएका ?