१९ भाद्र २०८३, शुक्रबार
,
Latest
केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’
तपाईं के खोज्दै हुनुहुन्छ ?

म संसारकै भाग्यमानी छु झै लाग्छ – समिक्षा अधिकारी



अ+ अ-

काठमाडौँ । गायिका समिक्षा अधिकारीले आफूलाई संसारकै भाग्यमानी रहेको ठान्ने गरेको बताएकी छन् ।

आफूलाई ठेस लागेर लड्दा उठ्न धेरैले हात दिएको र साथ दिएको जनाउँदै युवा पुस्ताकी चर्चित गायिका अधिकारीले आफूलाई संसारकै भाग्यमानी रहेको झै लाग्ने प्रतिक्रिया दिएकी हुन् ।

‘सबैलाई एकदिन मर्नु नै पर्छ । बाँचुन्जेली रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र ? म त झन उठ्नै लाग्दा बेस्सरी ठेश लागेर लडेकी चेली पो हुँ त । मलाई उठ्न धेरैले हात दिनुभएको छ । साथ दिनुभएको छ । यसै कारण म संसारकै भाग्यमानी छु झै लाग्छ ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

‘असफल हुँदा खुसी हुनेहरु धेरै भेटिन्छन् । थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरु झनै कत्ति कत्ति । म चाहान्छु, सबै कलाकारहरुलाई सफलता मिलोस्, उहाँहरुको गीत चलोस्, फिल्म चलोस् । रुँदै हिड्न नपरोस् ।’ उनले अगाडि लेखेकी छन् ।