७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग

बालुवाटारको भेला मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरुको भेला हो : वरिष्ठ नेता खनाल

बालुवाटारको भेला मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरुको भेला हो : वरिष्ठ नेता खनाल
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताउनुभएको छ ।  

बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरुलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताउनु भएको हो ।

बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरुलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘केपी ओलीले केही मान्छेहरुलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन त्यो भेला भनेको एउटा गुटको भेला हो । त्यो संविधान विरोधी भेला हो । त्यो लोकतन्त्र विरोधी भेला हो । त्यो अराजक मान्छेहरुको भेला हो । त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरुको भेला हो । त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन् ।’

आफैले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलत्कार गरेको समेत वरिष्ठ नेता खनालले बताउनु भएको छ । संविधानमा नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरिनु संविधान नै विघटन गरेको हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीमा देखिदै गएको स्खलनका कारण संविधानलाई नै अस्वीकार अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो ‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन तर आज आफ्नै हस्ताक्षरलाई उनले बलत्कार गरेका छन् । देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाका विपरित उनले अहिले फेरी संसदको विघटन गरेका छन् । संसदको विघटन भनेको संविधानको विघटन हो । संविधानलाई प्वाल पार्ने काम हो । संविधानलाई विध्वंस गर्ने काम हो ।’

देशमा भएको अस्थिरतालाई समाप्त गरी स्थिरता आएको अवस्थामा फेरी प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेलिदिएको पनि वरिष्ठ नेता खनालले बताउनुभयो । एक पटक संसद विघटन गरेपछि फेरी चुनाव भएपनि अव बन्ने प्रधानमन्त्रीले समेत संसद विघटन गर्न सक्ने अधिकार राख्ने बताउनुभयो । एक पटकको नजिरमा टेकेर फेरीपनि यस्ता कदम आउने भएकाले संसद पुनरस्थापनाको विकल्पन नभएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अब मानिलिउँ वैशाखमा चुनाव भयो कुनैपनि बेलामा चुनाव भयो चुनाव भएर सरकार बन्यो भनेपनि कुनैपनि प्रधानमन्त्रीले यो संसद कुनैपनि बेलामा विघटन गर्न सक्छन् । अव यो नजिर हुन्छ । यदी यसलाई नजिरको रुपमा स्थापना गर्ने हो भने हाम्रो मुलुक जसरी विगत ५०-६०-७० वर्षसम्म अस्थिरताको सिकार भयो फेरी त्यो अस्थिरताको सिकार हुने दिशातर्फ अगाडि बढ्छ ।’

रानीतिक दल सम्बन्धी ऐनको धारा ३३ अनुसार कुनैपनि दुई पार्टी मिलेर बनेको एकीकृत पार्टीलाई ५ वर्षसम्म फुटाउन नमिल्ने बताउनुभयो । तर फुटाउनै पर्ने परिस्थिति भएपनि संसदीय दलमा र केन्द्रीय समितिमा ४०÷४० प्रतिशत हुनैपर्ने बताउनुभयो । अहिलेको नेकपामा ४० प्रतिशत पनि ओलीसँग नरहेकाले पार्टी फुटाउनै नसक्ने पनि वरिष्ठ नेता खनालले बताउनुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा कहिले उग्रबामपन्थी र कहिले दक्षिण बामपन्थी भडकाउहरु हाबी भएको उल्लेख गर्दै अहिलेका ओली पनि दक्षिणपन्थी भडकाउ भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सत्तामा पुग्न पार्टीलाई भ¥याङ मात्रै बनाएको आरोप समेत लगाउनुभयो ।

राजा महेन्द्रले देशमा विभिन्न उद्योगधन्दाहरु निर्माण गरी समाजवादसँग मिल्दो काम गरेको तर समाजवादको नारा बोकेर हिँडेको कम्युनिष्ट पार्टीका नेता ओलीले प्रधानमन्त्री भएपछि केहीपनि काम गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री ओलीले काम भन्दा धेरै गफ गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘धेरै गफ गर्ने, उखान टुक्काहरु हाल्ने, मान्छेहरुलाई लिने, घरघरमा ग्यास चुल्हो ल्याइदिन्छु भन्ने खै कहाँ आयो ग्यास चुल्हो । त्यहिं बालुवाटारमा पनि छ की छैन ग्यास चुल्हो । ग्यास पाइप ।’

प्रधानमन्त्री ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित भएको पनि वरिष्ठ नेता खनालले बताउनुभयो । ओली कम्युनिष्ट आन्दोलका सबैभन्दा कलंकित पात्र भएको समेत बताउनुभयो ।

संसद विघटनको विषय अदालतमा विचाराधिन रहेपनि आफूहरुले अदालतलाई पर्खेर बस्न नसक्ने समेत वरिष्ठ नेता खनालले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले संघर्षमा जानुको हामीसँग कुनै विकल्प छैन । हामी अदालतले के गर्छ त्यो पर्खेर बस्न पनि सक्थ्यौं तर अदालतले गर्ने कुराहरु के हो भनेर पर्खिने अवस्था हामीलाई भएन । किनभने यो संविधान माथिको अत्यन्त ठूलो आक्रमण हो । संविधान माथिको आक्रमण, लोकतन्त्र माथिको आक्रमण हो । हाम्रो जीवन माथिको आक्रमण हो ।’