२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा



अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता नरहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो दावी गर्नुभएको हो । मन्त्री बुढाले योजनाहरुको आवश्यकता र सन्तुलित तवरले मन्त्रालयको बजेट विनियोजनको प्रयास गरिएको जिकिर गर्नुभयो ।

उहाँले संघीय संसद भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख लगायतका विशेष प्रकृतिका भवन निर्माण गर्नु परेकाले अन्य प्रदेशभन्दा बागमती प्रदेशको बजेट बढी देखिएको पनि स्पष्ट पार्नुभयो । मन्त्री बुढाले आयोजनाहरुको पूर्वतयारीका लागि ५ लाख भन्दा बढिको बजेट विनियोजन गर्ने बाध्यता आईपरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहरी विकास मन्त्रालयले योजनाहरुको आवश्यक्ता र स्रोतको उपलब्धताको लेखाजोखा गरी सन्तुलित तवरले नै बजेट विनियोजन गर्ने प्रयास गरिएको छ । प्रादेशिक रुपमा सहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता नरहेको ब्यहोरा अनुरोध गर्दछु । यस मन्त्रालयको कार्यक्रमहरु ७७ वटै जिल्लाहरुमा रहेका छन ।

विशेष प्रकृतिका भवनहरु जस्तै संघीय संसद, मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवास तथा सम्पर्क कार्यालय र अतिविशिष्ट तथा विशिष्ट महानुभावहरुको आवास व्यवस्थापन गर्नुपर्ने भएकाले अन्य प्रदेशको तुलनामा बागमती प्रदेशको बजेट बढि देखिएको छ ।’

मन्त्री बुढाले आफूले सबै जिल्लामा योजनाहरु पुग्नेगरी बजेटको विनियोजना गरेको दाबी पनि गर्नुभयो ।