९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्माचार्य ग्रुपद्वारा उत्पादित ‘क्रन्च’ ब्राण्डको वेफर बजारमा



अ+ अ-

काठमाडौं । कर्माचार्य बेक्स एण्ड फुड्सले नयाँ उत्पादन बजारमा ल्याएको छ । बिस्कुट उत्पादनमा अग्रणी पहिचान बनाउन सफल उद्योगले ‘क्रन्च’ ब्राण्डमा वेफर बजारमा ल्याएको हो ।

अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधिको प्लान्ट स्थापना गरी ‘वरिजिनल क्रिप्स एण्ड क्रन्ची चकलेट वेफर’ बजारमा ल्याइएको उद्योगले जनाएको छ ।

उद्योगले चक्लेट, भेनिला, स्टेभरी र मिल्क क्रिमको स्वादमा वेफर उत्पादन गरेको छ ।

बालबालिकादेखि सबै उमेर समूहलाई लक्षित गरी वेफर बजारमा ल्याइएको र देशभरको बजारमा उपलब्ध भइसकेको जनाइएको छ । गुणस्तरलाई प्राथमिकतामा राख्दै वेफर उत्पादन गरिएको उद्योगले जनाएको छ ।

स्वाद, सन्तुष्टि र मिठासले पूर्ण हुने गरी वेफर उत्पादन गरिएको र बजारमा पुगेको छोटो समयमा नै उपभोक्ताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको उद्योगले जनाएको छ ।