२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

मोबाइल फोन प्रयोग गर्दा यी कुराहरुमा लापरबाही गर्नुहुँदैन, यसरी अप्नाउनुहोस् सतर्कता

मोबाइल फोन प्रयोग गर्दा यी कुराहरुमा लापरबाही गर्नुहुँदैन, यसरी अप्नाउनुहोस् सतर्कता
अ अ+ अ-

 

अहिले स्मार्टफोन मानिसहरुको जिवनको अभिन्न अंग बनिसकेको छ । विश्वमा मानिसहरुको संख्या भन्दा मोबाइल फोनको संख्या बढी भेसकेको छ । स्मार्टफोनका विषयमा विभिन्न खाले गलत बुझाइहरु बजारमा सुन्ने गरिन्छ । यस्ता भ्रान्तिहरुको वास्तविकता नबुझिकन हल्लाको पछिलाग्नु भन्दा सत्य बुझ्नु आवश्यक रहेको छ । स्मार्टफोनको बारेमा रहेका ७ वटा भ्रम र वास्तविकता यस्ता रहेका छन् ।

१) के मोबाइल चार्ज भइरहेको बेला मोबाइलमा कुराकानी गर्नु हानिकारक हुन्छ ? यो पनि भ्रम नै हो । चार्ज गरिरहेको बेला मोबाइलबाट कल गर्दा वा फोन उठाएर कुराकानी गर्दा मोबाइल पड्किन्छ भन्ने मान्यता छ । तर यो होइन । चार्जमा राखेको बेला कल गरेको कारण मोबाइल पड्केको नभई ब्याट्रीको खराबीका कारण यस्तो भएको हो ।

२) पेट्रोल पम्पमा तेल भरिरहेको बेला मोबाइलको स्वीच अफ गर्नुपर्छ भन्ने धारणा पनि छ । पेट्रोल पम्पमा तेल भरिरहेको बेला मोबाइल चलाउँदा त्यसबाट उठ्ने तरंगले झिल्का पैदा गर्ने र आगलागी हुनसक्ने जोखिम रहने भ्रान्ति रहिआएको छ । तर यो दाबी पूर्णतया गलत हो । मोबाइलको तरंगलका कारण झिल्का उठेर कहिल्यै पनि आगो लाग्दैन । कहिलेकाहीँ ब्याट्रीको खराबीका कारणले ब्याट्री पड्किँदा चाहीँ नजिकै रहेका प्रज्ज्वलनशील पदार्थमा आगो लाग्नसक्छ ।

३) के मोबाइल फोनले बाँझोपन गराउँछ ? मोबाइल फोनको विकिरणले प्रजनन् कोषमा नकारात्मक असर पुर्‍याउने भएकाले यसले मानिसमा बाँझोपना समेत ल्याउन सक्ने जोखिम रहेको भन्ने खालका मान्यता पनि छन् । त्यसैले मोबाइल फोनलाई गुप्तांगको नजिक पर्नेगरी अर्थात् पाइन्टको गोजीमा राख्नु हुँदैन भनिन्छ । तर यो पूर्ण सत्य होइन । विश्वका ब्राण्डेड तथा चर्चित स्मार्टफोन निर्माताहरुले आफ्नो स्मार्टफोन बजारमा ल्याउनुभन्दा पहिले त्यसको विकिरण परीक्षण गराउनुपर्छ । एसएआर टेस्ट भनिने त्यस्तो परीक्षणका क्रममा मोबाइल फोनको विकिरण मानिसलाई असर पुर्‍याउने खतरनाक स्तरमा नरहेको कुराको ग्यारेन्टी गरिन्छ।

४) ब्याट्री जति ठूलो भयो उसको चार्ज पनि धेरै खप्दछ भन्ने मान्यता पनि छ । तर यो पनि वास्तविकता होइन । ब्याट्री लाइफसँग ब्याट्रीको साइजको कुनै लिनुदिनु छैन । यो त ब्याट्रीको क्षमताको कुरा हो । ब्याट्रीको क्षमता जति धेरै मिलिएम्पिएर आवर हुन्छ उति नै धेरै समयसम्म ब्याट्रीको चार्ज टिक्दछ ।

५) पाइरेट ब्राउजिंग सुरक्षित हुन्छ रु हुँदैन । जब तपाइँले आफ्नो स्मार्टफोनबाट कतिपय गोप्य जानकारी हासिल गर्नका लागि पाइरेट ब्राउजर तथा साइट प्रयोग गरी इन्टरनेट चलाउनुहुन्छ । आफ्नो सर्च हिस्ट्रीको बारेमा अरुलाई जानकारी नभएको भनेर ढुक्क बन्नुहुन्छ । तर वास्तवमा त्यस्तो हुँदैन । तपाईंको सर्चका विषयमा टेलिकम अपरेटरलाई जानकारी हुन्छ । अर्थात् पाइरेट ब्राउजिंग पनि सुरक्षित हुँदैन ।

६) विमानमा यात्रा गर्दा स्मार्टफोन बन्द गर्नैपर्छ नत्र भने स्मार्टफोनको तरंगले विमानको प्रविधिमा असर गर्छ र विमान दुर्घटनामा पर्नसक्छ भन्ने धारणा सुनिन्छ । तर यो पूर्णतः गलत मान्यता हो । विमानमा प्रयोग हुने प्रविधि यतिधेरै विकशित भैसकेको छ की यसलाई मोबाइलको तरंगले कुनै असर पार्न सक्दैन । त्यसैल तपाईले जहाजभित्र मोबाइल फोन अफ गरिरहनु पर्दैन मज्जाले प्रयोग गर्न सक्नुहुन्छ ।

७) धेरैबेर चार्ज गर्दा ब्याट्री पड्किन्छ भन्ने भनाई पनि असत्य हो । मोबाइल फोन रातभर चार्जमा राखेर सुत्नुहुन्न, बढि चार्ज भएर पड्किन्छ भन्ने मान्यता छ । तर यो गलत यस मानेमा हो की स्मार्टफोनमा यस्तो प्रविधि हुन्छ जसले ब्याट्री फुल चार्ज भएसँगै चार्जिंग आफै बन्द गरिदिन्छ । त्यसैले ब्याट्री ओभरचार्ज हुने भन्ने हुँदैन ।