२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १५.९१ अंकले बढेर हरियाली छायो

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १५.९१ अंकले बढेर हरियाली छायो
अ अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार नेप्से परिसूचक १५.९१ अंकले बढेर २ हजार १९४.४८ विन्दुमा पुगेको छ । बिहिबार रू. ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार बराबरको  कारोबार भएको छ।

बिहिबारको कारोबारले सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव शून्य ८ अंक बढेर ४२१ दशमलव २२ विन्दुमा पुगेको छ । यस दिन २०८ ओटा कम्पनीको ५० हजार ९३३ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर कारोबार भएको हो । यो दिन अन्य समूहको परिसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ ।

व्यापारिक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ७९ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको २ दशमलव शून्य ६ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४६ प्रतिशत, लघुवित्तको १ दशमलव ३७ प्रतिशत, वित्तको १ दशमलव १६ प्रतिशत, बैंकिङको शून्य दशमलव ७९ प्रतिशत, जलविद्युतको शून्य दशमलव ६४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४५ प्रतिशत, होटलको शून्य दशमलव ३१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २८ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ११ प्रतिशतले परिसूचक बढेको हो ।

बिहिबार मल्टिपर्पस फिनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्स र आइएमई जनरल इन्स्योरेन्सको ९ दशमलव ९२ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९१ र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ८३ प्रतिशतले बढेको छ । मल्टिपर्पस फिनान्स कम्पनीको शेयरमूल्य यो दिन प्रतिकित्ता रू. १५ ले बढेर रू. १६५ पुगेको छ भने मिर्मिरे लघुवित्तको प्रतिकित्ता रू. ११२ ले बढेर अन्तिम मूल्य रू. १ हजार २४१ पुगेको छ । 

त्यस्तै आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. ६१ ले बढेर अन्तिम मूल्य रू. ६७६, नारायणी डेभलपमेण्टको प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६३२ र प्रभु लाइफको प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. १९० कायम भएको हो । यो दिन एभरेष्ट बैंकको अग्राधिकार शेयर र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य ३ दशमलव ८१ प्रतिशतले घटेर अन्तिम मूल्य रू. ७०६ र खानीखोला हाइड्रोको ३ दशमलव ५७ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १०८ कायम भएको हो ।

यस दिनको कारोबारमा सर्वाधिक रकमको हिस्सा प्रभु बैंकले ओगटेको छ । उक्त कम्पनीको बिहिबार रू. ३१ करोड ७१ लाख ३६ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. ३८७ पुगेको छ ।