८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अफगानिस्तानले युगान्डालाई १२५ रनले हरायो



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकप अन्तर्गत अफगानिस्तानले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो ।

१८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा ५८ रनमै अलआउट भयो । उसका लागि रोविनसन ओवुयाले १४ तथा रियाजत अलि शाहले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खेलमा अफगानिस्तानका बलरहरु चम्किए । फजलहक फारुकीले ४ ओभरमा ९ रनमात्रै खर्चेर ५ विकेट लिए । रासिद खानले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए भने मुजीब रहमानले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि गुयनास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन जोड्यो ।

उसका लागि रहमानुल्लाह गुरबाजले ४५ बलमा ७६ तथा इब्राहिम जाद्रानले ४६ बलमा ७० रन जोडे । गुरबाजले ४ चौका तथा ४ छक्का हिर्काए भने इब्राहिमले ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, मोहम्मद नाबीले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ युगान्डाका कोसमस कीयुटा र ब्रायन मसाबाले २–२ तथा अल्पेस रमजानीले १ विकेट लिए ।