९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वृद्धिदर छ प्रतिशत



photo: rss
अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आर्थिक वृद्धिदर छ प्रतिशत र मुद्रास्फीति साढे पाँच प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस्तो अनुमान गरिएको हो ।

“बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आगामी आर्थिक वर्ष छ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छु । आगामी वर्ष मुद्रास्फीति पाँच दशमलव पाँच प्रतिशत रहने अनुमान छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “बजेटमा उल्लेखित नीति तथा कार्यक्रमको कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति तर्जुमा हुनेछ । यो बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगार सिर्जना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास लिएको छु ।”

चालु आर्थिक वर्षका लागि भने सरकारले छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटबाट निर्धारण गरेको भएपनि निकै कम देखिएको छ । “उपभोक्ता मागमा कमी आउनु, कर्जाको विस्तार न्यून हुनु, उत्पादनमूलक क्षेत्र न्यून क्षमतामा सञ्चालन हुनु र वस्तुको आयातमा कमी आउनु लगायतका कारण आर्थिक क्रियाकलापमा अपेक्षित विस्तार हुन नसकेकाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर उत्पादकको मूल्यमा तीन दशमलव नौ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान छ”, बजेट वक्तव्यमा भनिएको छ, “चालु आर्थिक वर्षको चैत महिनामा औसत मूल्य वृद्धि ४=६ प्रतिशतमा सीमित रहेको छ ।”