२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन



अ+ अ-

काठमाडौँ । कृषि उत्पादन वृद्धि गर्न आगामी वर्ष कुल १५ हजार ५ सय ७१ हेक्टर जमिनमा सिंचाई सेवा बिस्तार गर्ने सरकारको घोषणा गरेको छ ।

मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गर्नुभएको हो । उहाँले जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन गरेको बताउनु भयो ।

उहाँले रानी जमरा सिंचाई अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टरमा शाखा नहर बनाएर सिंचाई सुविधार बिस्तार गरिने बताउनु भयो । उहाँले यो आयोजनाको लागि २ अर्ब ८७ करोड विनियोजन गरेको उल्लेख गर्नुभयो ।

उहाँले मध्ये तराईका पाँच जिल्लामा ५ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दा सिंचाई सुविधा पुराउन सुनकोशी मरिण सिंचाई आयोजनाको हेडवक्स पावर हाउस निर्माण गर्न ३ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताउनु भयो ।