२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित



अ+ अ-

दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा सञ्चालन गरिएको चारदिने निःशुुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् ।

रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौं , भीमेश्वर नगरपालिका र पशुपति चौलागाई स्मृति अस्पताल  चरिकोट दोलखाको संयुक्त आयोजनामा भएको शिविरलाई मेड (सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेटिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए ।

नेपाल अपाङ्ग सङ्घ अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडाैका वरिष्ठ एनेस्थेटिस्ट चिकित्सक संयुक्त आचार्यका अनुसार दोलखाका विभिन्न स्थानका बिरामीहरुले सेवा लिएका बताउनुभयो ।

शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. रचित शर्माले  शिविरमा ३९ जनाको शल्यक्रिया गरिएको जानकारी दिनुुभयो । शिविरमा सम्पूर्ण शल्यक्रियामा चाहिने उपयोग्य सामग्री र औषधि निःशुल्क गरिएको डा आचार्यको भनाइ छ ।

शिविरको एक कार्यक्रमबीच चिकित्सकको टोलीलाई धन्यवाद दिँदै समापन गरिएको पशुपति चौलागाई  स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले बताउनुभयो ।रासस