१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

प्रदीप खड्का: रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म

प्रदीप खड्का: रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
अ अ+ अ-

काठमाडौं। अभिनेता प्रदीप खड्काले कैयन चलचित्रमा चलचित्रमा ‘लभर ब्वाय’ र ‘रोमान्टिक हिरो’को छवि बनाए। पहिलो चलचित्र ‘स्केप’ भएता पनि ‘प्रेमगीत’बाट दर्शकमाझ लोकप्रिय बनेका उनले चलचित्र ‘प्रकाश’ अघिसम्म ‘रोमान्टिक हिरो’को छविलाई निरन्तरता दिए। तर, जसै ‘प्रकाश’ रिलिज भयो, उनलाई दर्शक र चलचित्रकर्मीले हेर्ने दृष्टिकोणमा तात्त्विक फरक देखियो। कारण थियो, उनले निभाएको चरित्र। यिनै प्रदीप पुन: फरक चरित्रमा दर्शकमाझ आउँदै छन्।

यही बिहीबार, जेठ १० गते रिलिज हुने ‘पुजार सार्की’ चलचित्रमा उनको साबिक भूमिका छैन, उनी विशेष मुद्दा बोकेको यो चलचित्रमा ‘मैतबहादुर’ बनेका छन्। ‘मैतबहादुर’ समाजको त्यो पात्र हो जसले अन्तर्जातीय प्रेम गरेको छ। उसले आफ्नो प्रेम प्राप्तिको लागि जे पनि गर्न तयार छ। मैतबहादुरको वास्तविकता के हो र उसको प्रेमप्राप्तको सङ्घर्ष कस्तो छरु यो भने ट्रेलर र गीतबाट अझै खुलिसकेको छैन। यसको लागि दर्शक हलसम्मै पुग्नुपर्छ।

चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा प्रदीपले फरक चरित्र रोज्नुको कारण खुलाए। “म कुन चेतना स्तरको कलाकार हो भन्ने कुराले अर्थ राख्ला। जुन समयमा मैले सुरु गर्दै गएँ, त्यो बेला म शून्य थिएँ। मलाई ‘गाइड’ गर्ने कोही थिएन। ‘गाइड’ गर्ने शिक्षक अथवा गुरु भइदिएको भए राम्रो र नराम्रो छुट्टाउँथे होला। मलाई जे आयो त्यही गर्दै गएँ। त्यो बेला मलाई ‘कन्टेन्ट बेस’को अप्रोच नै आएन,” प्रदीप ‘प्रकाश’ अघिको समयमा फर्किए, “बरु प्रकाशमा मलाई निर्देशक दिनेश राउतले प्रस्ताव नगर्नुभएको भए अझै १० वर्ष गर्दिनँ थिएँ, किनकि मलाई यस्तो फिल्म गर्नुपर्छ भन्ने चेत नै थिएन। मैले चरित्रलाई फरक गर्न सकिनँ भन्ने आलोचना खेपिरहेको थिएँ। ‘प्रकाश’को प्रस्ताव आयो, त्यो प्रस्तावलाई मैले पुरा गर्नुपर्छ भन्ने चेत आयो। अनि मैले ‘प्रकाश’ गरेँ। यो चलचित्रपछि मैले जुन किसिमको प्रतिक्रिया पाएँ, अनि त्यसलाई संस्थागत गर्नुपर्छ भनेर त्यस्तै चरित्रमा आधारित पुजार सार्की गरेँ।”

यस चलचित्रमा प्रदीपको पात्र ‘मैतबहादुर’को पेसा बाजा बजाउने छ, जो दलित समुदायबाट प्रतिनिधित्व गर्छ। प्रदीपले आफ्नो पात्रले नेपाली समाजलाई चलचित्रहरूमा देखाइने गरेको ‘स्टेरियोटाइप’बाट बाहिर निस्कन सजग गराउने विश्वास गर्छन्। “विदेशी चलचित्रले नेपाल देखाउँदा बहादुर, गोर्खाली या शेर्पा नै देखाउँछन्। हामीलाई पनि कुनै शोषित समाज या सामन्ती समाजलाई ‘स्टेरियोटाइप’ गरिएको भान हुन्छ। उनीहरूले तराइवासीको फिल्म बनायो भने पानी पुरी र कपाल काट्ने नै देखाएको जस्तो देखिन्छ। त्यो चिज नेपाली चलचित्रमा नहोस् भन्नेमा सजग छु। मेरो चरित्र भनेको दलित समुदायबाट प्रतिनिधित्व गर्ने हो, तर उसले आफूलाई कसरी हेर्छ त भन्ने चाहिँ नयाँपन हो।’

चलचित्र ‘पुजार सार्की’ले मुख्यतया जातीय विभेदविरुद्धको कथा बोल्छ। प्रदीप आफैँ दलित पात्र बनेर अभिनय गरिरहँदा भविष्यमा अवरोध पो आउने हो कि भन्ने कुरामा उनी पहिले नै प्रस्ट थिए। “सही काम गरिएको छ भने त्यसको आउट पुट गलत हुँदैन भन्नेमा म प्रस्ट छु। कसैले आजको दिनमा विभेद छैन, यो कुरा किन अगाडि ल्याइरहेको हो भनेर भन्यो भने पनि यो कला र साहित्य हो। अहिले विश्वयुद्धको, हिट्लरको चलचित्र बनाउन नपाउने भन्ने त हुन्न होला। काला जातिलाई जुन शोषण गरियो, त्यस विषयमा चलचित्र बन्न बन्द गर्नुपर्ने पनि होइन होला। नेपालको परिप्रेक्ष्यमा पचासौँ वर्षदेखि एउटा वर्ग आन्दोलनरत छ। तर पनि उनीहरूले आजको दिनमा पनि विभेदका घटना व्यहोरिरहेका छन्”, उनी भन्छन् ।

प्रदीपको बुझाइमा छुवाछुत र जातीय विभेदविरुद्धका कानुन बने पनि ती कानुनबाट कतिपय वञ्चित छन् त कतिपय दण्डित। उनको दाबी मान्ने हो भने ‘पुजार सार्की’ले आजको दिनमा समेत हुने गरेको विभेदको समस्या माथि प्रश्न उठाउँछ। “यो चलचित्रले विभेदको समस्या कति समाधान भयो भन्ने कुराको प्रश्न पनि गर्छ। सामन्ती भनिएका वर्गले ‘ए हामीले गल्ती गरेका रहेछौँ’ भनेर बुझेको भए समस्याको समाधान छिटो हुन्थ्यो किरु,” उनले प्रश्न गर्छन् “चलचित्र हेरिसकेपछि तपाईँलाई हामी त गलत कोणबाट पो झगडा गरिरहेका छौँ भन्ने झस्काउनेछ।”

प्रदीपले वास्तविक जीवनमा भने उनले कलेज जीवन सुरु गरेपछि मात्र सञ्चारमाध्यमका समाचारमार्फत जातीय विभेदका कुरालाई बुझेका थिए। “म ललितपुरको एकान्तकुनामा जन्मिएँ। मलाई जातीयताका आधारमा विभेद हुन्छ भन्ने धेरै पछि मात्र थाहा भयो। १२ कक्षा पढुन्जेल मेरा साथीहरू कुन जातको र कुन समुदायको भन्ने थाहा थिएन। सबै जना आफैँ जस्तो देख्थेँ। तर जब परिवार बाहिर आएर मिडिया बुझ्न थालेँ, अनि मात्र विभेद पनि हुँदो रहेछ भन्ने थाहा पाएँ,” प्रदीपले बताए।

‘पुजार सार्की’को पोस्टर तथा ट्रेलर र गीतमा प्रदीपले पञ्चेबाजाको प्रमुख बाजा ‘दमाहा’ बजाएको देखिन्छन्। उनले पहिलो पटक सो बाजालाई बुझ्ने मौका पनि यही चलचित्रको दौरान पाए। काठमाडौं उपत्यकाको ललितपुर क्षेत्रमा हुर्किएका खड्काले बाल्यकालमा सधैँ बेण्ड बाजा बजाएको देखेका थिए। उनी घरबाहिर हिँड्न थालेपछि मात्र पञ्चेबाजा थापा पाए। सहरी क्षेत्रको भएकाले पञ्चेबाजा बजाउने समुदायको बारेमा समेत उनले खास कुरा बुझ्ने मौका पाएनन्। “म हुर्कँदै गर्दा देखेको त बेण्ड बाजा थियो। पञ्चेबाजा थाहा नै थिएन। खासमा मलाई दमाईहरूले बजाउने बाजा भन्ने पनि थाहा थिएन। आजकल सबैले बजाउने भएकोले पुरानो समयमा र ग्रामीण क्षेत्रमा के हुन्छ थाहा भएन। यस चलचित्रमा दमाई पात्र मैतबहादुर बनेपछि मात्र मलाई यसबारेमा विस्तृतमा थाहा भयो। मैले सुटिङ सेटमै दमाहा बजाउन सिकेँ,” प्रदीपले बताए।

प्रदीपका अनुसार उनले दमाहा बजाएको दृश्यसहित टिजर र तस्बिर सार्वजनिक भएपछि परिवारसहित सबैले ‘इन्जोय गरेछ’ भने। उनलाई पनि साँच्चै मजा आएको रहेछ। “मैले दमाहा बजाएको देखेर गाउँका मान्छेहरू पनि अचम्मित थिए। म पहिला तबला बजाउँथे। मलाई बिटहरूको आइडिया छ। म अहिले पनि गितार बजाउँछु। त्यस कारण मलाई रिदमको जानकारी थियो। त्यस कारण पनि दमाहा बजाउँदा त्यो टिप्न सजिलो भयो होला। बिटमा बजाउन मलाई समस्या भएन। मैले केवल टाइमिङ मात्र सिक्नु थियो। तर मैले नरसिंह चाहिँ फुक्न सकिनँ। सायद पावर पुगेन कि,” प्रदीप हाँसे ।

आफूलाई निर्देशक दिनेश राउतले ‘मैतबहादुर’को चरित्र दिनु पनि आफ्नो क्षमतामा विश्वास गरेर हो भन्ने प्रदीपलाई लाग्छ, “निर्देशकलाई पनि मेरो ‘नेचर’ अनुसार पनि मैतबहादुर नै ठिक लाग्यो कि। उहाँले म एक्टिभ छु र चरित्र पनि मिल्छ भन्ने विश्वास गरेर मलाई यो भूमिका दिनुभयो भन्ने लाग्छ।”

आजकल प्रदीप वास्तविकतासँग नजिक चरित्रमा अभिनय गर्न मन पराउँछन्। ‘‘लार्जर देन लाइफ भनेर स्वाट्ट बाइकबाट चस्मा लगाएर ओर्लिने भन्दा पनि ‘ए १ यो त हाम्रो गाउँको मान्छे’, ‘ए १ यो त नेपाली हो’ र यो चाहिँ ‘रिलेट’ गर्न सक्ने किसिमको हो भन्ने खालको चरित्र मन पराउँछु,” प्रदीपले भने।

‘पुजार सार्की’मा प्रदीपको ‘अपोजिट’मा परीक्षा लिम्बुको अभिनय छ। उनी मगर समुदायको प्रतिनिधित्व गर्छिन्। दिनेश राउतको निर्देशन, बिकास सुवेदीको लेखन र सुवास भुसालको निर्माणमा बनेको यस चलचित्रमा आर्यन सिग्देल, पल शाह, अञ्जना बराइली लगायतको पनि प्रमुख भूमिका रहेको छ।