१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा सडक र पुल निर्माणले गति लिएको छ । प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत चालु आव २०८०/८१ मा एक हजार चार सय ६४ सडक, पक्की पुुल र झोलुङ्गे पुलका योजना कार्यान्वयनमा छन् ।

पूर्वाधार विकास निर्देशनालयका निमित्त प्रमुख डा महेन्द्र बानियाँका अनुसार चालुु आवका ८० प्रतिशत योजना कार्यान्वयमा छन् । “पुराना धेरै आयोजना यसै वर्ष सम्पन्न हँुदैछन्”, उहाँले भन्नुभयो, “नयाँ आयोजना कार्यान्वयनको अवस्था पनि सन्तोषजनक छ ।”

यस वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक तथा पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । आव २०७९/८० मा एक सय ७४ किमी सडक कालोपत्र, १५ सडक तथा पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।

प्रदेशभरि कूल रु ११ अर्ब लागतका एक सय ३० वटा सडक र पुलका बहुुवर्षीय आयोजना थपिएका प्रमुख बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार ५३ पुल निर्माणाधीन छन् भने थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको प्रक्रियामा छन् । मन्त्रालयले चालुु आवका लागि पुँजीगत शीर्षकमा रु १२ अर्ब आठ करोड ९९ लाख २४ हजार बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले चालु आवमा बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किमी सडक कालोपत्र (आरसिसी र पिसिसी प्रविधिमा) ढलान गर्न लागिएको जानकारी दिनुभयो ।

छ किमि ग्राभेल, १० किमि नयाँ मार्ग खोल्ने, १५ किमि सडक विस्तार र चार किमी नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न ७० आयोजना सञ्चालन भएको उहाँको भनाइ छ ।

बेनी–दरबाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब नौ किमी कालोपत्र गर्ने तयारी भएको छ । दरबाङ–धारापानी छ दशमलव पाँच किमी ग्राभेल र पिप्ले–भगवती पाँच किमी सडक कालोपत्र भइसकेको छ ।

छ वटा सडक र दुई वटा सडक पुल आयोजना बहुुवर्षीय ठेक्का प्रक्रियामा लगिएको पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार स्याङ्जामा चालु आव को हालसम्म २० किमी सडक कालोपत्र भएको छ ।

स्थानीय तहको केन्द्र जोड्ने सडक आयोजनाअन्तर्गत छ किमी दूरीको हेलु–अर्जुन चौपारी र रणनीतिक महत्वको नागडाँडा–कार्किनेटा सडकको दोस्रो खण्डमा १० किमी कालोपत्र सकिएको पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुुख अधिकारीले बताउनुभयो । उहाँका अनुुसार पुराना आठ वटा बहुवर्षीयसहित चालु आवमा एक सय २३ सडक र पुल आयोजना सञ्चालित छन् ।

चालु आवमा गैरीघाट सडक पुल बिरुवा–६, रातोखोला, पुल गल्याङ–५ पिडीखोला, राक्सेखोला पुल बिरुवा–१, सिङहाले, पुल पुतलीबजार–३ को निर्माण सुरु भएको अधिकारीले जानकारी दिनुभयो । पुतलीबजार नगरपालिका–५ मा पौवेखोला सडक पुलको ठेक्का सम्झौता भइसकेको जनाइएको छ ।

पर्वत जिल्लाका ग्रामीण सडकको स्तरोन्नति गर्न रु एक अर्बभन्दा बढी बजेटका एक सय ३२ वटा योजना सञ्चालनमा रहेका पूूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । नौ वटा क्रमागत, दुुई कृषि सडक, १४ सङ्घीय हस्तान्तरित र प्रदेश सरकारका नयाँ ९४ योजना रहेका उहाँले जानकारी दिनुुभयो ।

‘एक निर्वाचन क्षेत्र एक सडक योजना’ अन्तर्गत जलजला गाउँपालिकाको मिलनचोक–सल्यान–धाइरिङ–घाखेत–ठोट्नेरी सडक योजनाका ठेकेदार करिब दुुई वर्षपछि काममा फर्किएका पर्वतका कार्यालय प्रमुुख अधिकारीले बताउनुुभयो ।

पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुुख अजय श्रेष्ठले लोमान्थाङ चक्रपथको १० किमी कालोपत्र भएको, घरपझोङ चक्रपथको ठेकेदार हालै काममा फर्किएको र नयाँ आठ वटा आयोजनाको बहुुवर्षीय ठेक्का आव्हान गरिएको जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालय बाग्लुङले नयाँ आयोजना कार्यान्वयनलाई तीव्रता दिनुका साथै यसअघि ठेक्का सम्झौता भएका आयोजनालाई गति दिने कामलाई समानान्तरण हिसाबले अघि बढाइएको जनाएको छ ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर दिनेशकुमार घिमिरेले पुराना समस्याग्रस्त आयोजनाका सबैजसो निर्माण कम्पनीलाई काममा फर्काइएको भन्दै नयाँ आयोजना कार्यान्वयनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

“पुराना बहुवर्षीय छ वटा सडक आयोजनाका निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएका छन्”, उहाँले भन्नुभयो, “यस वर्षका साल बसाली नयाँ आयोजना पनि कार्यान्वयनको अन्तिम चरणमा छन् ।”

चालु आर्थिक वर्षमा रु ८८ करोड बजेट विनियोजन भएको कार्यालयले नयाँ र पुराना गरी एक सय ६५ वटा योजना कार्यान्वयन गर्दैछ । चालु आवमा कार्यान्वयन गर्नुपर्ने दुई वटा सडक र दुई सडक पुलको विस्तृत आयोजना प्रतिवेदनको चरणमा रहेका इञ्जिनियर घिमिरेले बताउनुभयो ।

बहुवर्षीय सडक र पक्की पुल निर्माणसम्बन्धी आयोजना पछिल्लो दुई वर्षयता सुस्ताएका थिए । सुस्ताएका र अलपत्र बनेका सडक आयोजनाका निर्माण कम्पनीलाई ताकेता गरेर काममा फर्काइएको उहाँको भनाइ छ ।

धरौटी जफत गर्ने, ठेक्का सम्झौता रद्द गर्ने र कालोसूचीमा राख्न सिफारिस गर्ने तयारी गरेपछि निर्माण कम्पनीहरु काममा फर्र्किएका सिनियर डिभिजनल इञ्जिनियर घिमिरेले बताउनुभयो । कार्यालयले समस्याग्रस्तको सूचीमा राखेको छ वटा सडक आयोजनाको कामले गति लिन थालेको उहाँको भनाइ छ ।

बागलुुङ (ख) २ को दुवाडी–गाडीखोला–चामीद्वार–छयान्तुङ–म्याग्दी ढोरपाटन १० किमी सडक कालोपत्र भएको छ । बागलुङ (१) क को बानपा–४ फेदी मालिका कालीमाटी भीमापोखरा धम्जा तङ्ग्राम पिङ लेखानी तित्याङ भकुण्डे भैरवस्थान सडकको १४ किमी कालोपत्र सकिएको छ ।

खरीखोला सर्पान्दी हुँदै ताराखोला गाउँपालिकाको केन्द्र जोड्ने १० किमी सडक पनि कालोपत्र सम्पन्न हुने चरणमा छ । गलकोट–हरिचौर–हिल–तारा–रुम–म्याग्दी सडकको १० किमी कालोपत्र थालिएको छ । कुश्मिशेरा राङखानी नाम्दुक बरेङ शान्तिपुर सडकको दोस्रो खण्डको पनि कालोपत्र गर्ने तयारी भएको छ ।

बागलुुङमा चालु आर्थिक वर्षमा दुई मोटरेबल र दुई झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा छन । स्थानीय तहको केन्द्र, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका वैकल्पिक सडक स्तरोन्नति हुन थालेपछि राजमार्गहरुमा सवारी चाप घट्न थालेको छ ।

सडकको दूरी छोटिएको, हिलो र धुलोको समस्या हटेको, ग्रामीण क्षेत्रमा बसाइँसराइ रोकिन थालेको र उद्यम व्यवसायमा अवसर सिर्जना भएको स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो ।

भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत विसं २०७४ देखि गत आर्थिक वर्षसम्म पाँच सय ९९ किमी सडक ग्राभेल र छ सय ६८ किमी कालोपत्र भएको थियो ।

सडक, मोटरेबल पुुल, भवन र झोलुुङ्गे पुुल निर्माणका लागि रु ८३ अर्ब ५२ करोड नौ लाख ७१ हजार लगानी भएकोमा सडक स्तरोन्नतिमा रु ६० अर्ब ५९ करोड नौ लाख खर्च भएको मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले जानकारी दिनुभयो ।

“प्रतिवर्ष दुुई सय १७ किमीका दरले सडक स्तरोन्नति र १४ वटाका दरले मोटरेबल पुल निर्माण भएका छन्”, उहाँले भन्नुुभयो, “सडक दुुर्घटना न्यूनीकरण, प्रत्यक्ष रोजगारी सिर्जना, बसाईमा कमी, गाविस सहरबाट गाउँ फर्काउने अभियान, पर्यटन आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुुगेको छ ।”

पुराना योजना सम्पन्न नहुँदै नयाँ योजना थपिने, पर्याप्त बजेट अभाव, समयमा रकमान्तर नहुुने, जनशक्तिको कमीलगायत कारणले योजना कार्यान्वयनमा चुनौती देखिएको छ । प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको कुल दुई सय ७९ किमी स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

प्र्रदेश निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण गर्ने लक्ष्यसहित सरकारले आव २०७५/७६ को नीति तथा बजेटमा उक्त कार्यक्रमलाई समावेश गरेको थियो । त्यसयता हरेक आवको बजेट र कार्यक्रममा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ले प्राथमिकता पाउँदै आएको छ ।

प्रदेश सरकारले प्रदेशका ८५ वटै स्थानीय तहका केन्द्रलाई सडक सञ्जालले जोड्ने लक्ष्य लिएको छ । मन्त्रालयले अहिलेसम्म सडक नपुगेको गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिका केन्द्रमा सडक पुर्‍याउन डिपिआर तयार गरिसकेको छ । मार्ग खोलिएका सडकको स्तरोन्नति र कालोपत्र गर्ने योजनालाई अगाडि बढाइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

‘क’ वर्गका १६ प्रादेशिक सडक आयोजनाहरुको एक सय २२ किमी सडक स्तरोन्नतिको काम भइरहेको प्रदेश पूर्वाधार विकास निर्देशनालयका निमित्त प्रमुख डा बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश स्थापना भएयता छ सय ७४ किमी पक्की र पाँच सय ६६ कच्ची सडक बनेका छन् ।

आगामी दुई वर्षभित्रमा थप पाँच सय १५ किमी कालोपत्र र ६७ किमी ग्राभेल गर्ने लक्ष्य लिइएको डा बानियाँले बताउनुभयो । रासस