१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ

लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ
अ अ+ अ-

काठमाडौँ । लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आईतवार नेपाल प्रहरीले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका १२ को ३२ वर्षीय सचिन राना रहेका छन् । जेठ ५ गते काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४०५६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगासहितको टोलीले चेकजाँच गर्ने क्रममा निज बसेको बसको १ (११) नम्बरको सिट पक्राउ गरेको हो ।

निज सचिन रानाले लगाएको सेतो रङको पाइन्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाएर मान्यताप्राप्त तराजुमा तौल गर्दा ४८ ग्राम रहेको र उक्त लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित निज सचिन रानालाई नियन्त्रणमा लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धानको कार्य भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित २०८१ जेठ ५ गते काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४०५६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगासहितको टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको १ (११) नम्बरको सिटमा सवार जिल्ला बाँके कोहलपुर नगरपालिका १२, वर्ष ३२ का सचिन रानालाई चेकजाँच गर्दा निज सचिन रानाले लगाएको सेतो रङको पाइन्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाएर मान्यताप्राप्त तराजुमा तौल गर्दा ४८ ग्राम रहेको र उक्त लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित निज सचिन रानालाई नियन्त्रणमा लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धानको कार्य भइरहेको छ ।’

त्यस्तै प्रहरीले जेठ ४ गते काठमाडौं महानगरपालिका २२ स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो साधा मनिटरमा लेबलिङ गरी बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ । आईतवार उनीहरुलाई पनि सार्वजनिक गरिएको हो । बर्मा देश भइ कामनपा २२ बस्ने वर्ष २२ को तुषार अग्रवाल र उमेश मुडभरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले तुषार अग्रवालबाट कम्पनीको लोगोसहित मनिटर १० कार्टुनको पाँचका दरले ५० थान, लोगो बिनाको ३७ कार्टुनको ५ का दरले १८५ गरी २३५ थान बरामद गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०८१ जेठ ४ गते काठमाडौं महानगरपालिका २२ स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो साधा मनिटरमा लेबलिङ गरी बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा बर्मा देश भइ कामनपा २२ बस्ने वर्ष २२ को तुषार अग्रवाल समेतलाई नक्कली कम्पनीको लेबलिङ गरिएको तथा गर्दै गरेको अवस्थामा निम्न थान कम्प्युटरसहित नियन्त्रणमा लिनुका साथै उमेश मुडभरीलाई नक्कली कम्पनीको लेबलिङ गरी न्युरोडमा पसलमा बेचबिखनको लागि थान ६ सहित नियन्त्रणमा लिइएको । तुषार अग्रवालबाट कम्पनीको लोगोसहित मनिटर १० कार्टुनको पाँचका दरले ५० थान, लोगो बिनाको ३७ कार्टुनको ५ का दरले १८५ गरी २३५ थान, उमेश मुडबरीबाट कम्पनीको लागोसहितको मनिटर थान ६ गरी जम्मा बरामद २८६ थान रहेको छ । पक्राउ संख्या २ जना रहेको छ ।’

उहाँले उमेश मुडभरीलाई नक्कली कम्पनीको लेबलिङ गरी न्युरोडमा पसलमा बेचबिखनको लागि लैजाँदै गर्दा ६ थान मनिटरसहित नियन्त्रणमा लिइएको बताउनु भयो ।