१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

चौतारी संरक्षणमा युवापुस्ताको चासो

चौतारी संरक्षणमा युवापुस्ताको चासो
अ अ+ अ-

गलेश्वर । म्याग्दीमा पछिल्लो समय चौतारी निर्माण र संरक्षणमा युवापुस्ताको चासो बढ्दै गएपछि पाको पुस्तामा खुसियाली छाएको छ ।

जिल्लाका बेनी नगरपालिकासहित मङ्गला, मालिका, अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाका युवाले यहाँ रहेका पुराना चौतारीको संरक्षणका साथै नयाँ चौतारी निर्माण गर्न थालेपछि पाकोपुस्ता पुरानो विरासतको संरक्षण हुन लागेको भन्दै खुसी भएका हुन् ।

चौतारी संरक्षण र निर्माण अभियानमा यहाँका युवाका साथै जनप्रतिनिधि पनि खटिन थालेका छन् । कतिपय वडा कार्यालयले बजेट नै पारेर आफ्नो क्षेत्रमा रहेका पुराना चौतारीको पुन:निर्माण तथा आवश्यक ठाउँमा नयाँ चौतारी बनाउने काम गरिरहेका छन् ।

बेनी–६ अर्थुङ्गे, वडा नं ७ बेनी, वडा नं २ ज्यामरुककोट, वडा नं १ रत्नेचौरसहित मङ्गला, मालिका, धौलागिरि, रघुगङ्गाा र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरु चौतारी निर्माण र संरक्षण अभियानमा जुटेका स्थानीयले बताएका छन् ।

मङ्गला–२ खुम्लियामा सातदशक अगाडि बनेको चौतारी पुन:निर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया युवा क्लव जुटेको छ । बेनी–दरबाङ सडकअन्तर्गत सिम–कुहुँ–टोड्के जोड्ने खण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहीन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत गरी वरपीपल रोपण गरिने क्लबका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताउनुभयो ।

तत्कालीन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि वनजङ्गलमा जाने स्थानीयवासीलाई लक्षित गरी स्वर्गीय टेकबहादुर घर्ती मगरद्वारा निर्मित उक्त चौतारी संरक्षण अभावले जीर्ण बनेको थियो । सडक सञ्जालको विस्तार र उचित संरक्षणको अभावका कारण पीपल सुकेपछि चौतारी जीर्ण बनेको उहाँको भनाइ छ ।

“चौतारीको पुरानो इतिहास छ, कुनै समय गाउँघरमा भेला, बैठक, चौतारीमै बस्दथे । अब सधैँ प्रयोग हुने गरी पुन:निर्माण गर्छौं”, उपाध्यक्ष आचार्यले भन्नुभयो । धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वरपीपल रोपेर बस्न मिल्ने गरी चौतारी बनाइने भन्दै खानेपानीको धारा निर्माणका लागि गाउँपालिकासहित अन्य सङ्घसंस्थासँग सहयोग जुटाइने उहाँले बताउनुभयो ।

तत्कालीन समयमा टोड्केमा रहेको स्वर्गाद्वारीको शाखा आश्रमबाट पैदल हिँडेर पश्चिम म्याग्दी हुँदै बागलुङबाट प्यूठानको स्वर्गद्वारीमा जाने धार्मिक भक्तजनले उक्त चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर बस्ने गरेका स्थानीय बुढापाकाको भनाइ छ ।

चौतारी आसपासमा होडिङ बोर्ड राखेर दाताको सहयोगका साथै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने योजना रहेको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

चौतारी बनाएका दाताका आफन्त झलकबहादुर घर्तीमगरले पुर्खाले बनाएको चौतारी पुन:निर्माण गरी संरक्षण गर्न आफ्नोतर्फबाट सहयोग हुने बताउनुभयो । चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरङ्जाको सातविसेलगायत बस्ती देखिन्छ ।

दुई दशकअघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी जीर्ण हुन थालेपछि स्थानीय तह र समुदाय दुवै चौतारी संरक्षणमा लागेका हुन् । “कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्ने गरिन्थ्यो । पछिल्लो समय सुविधायुक्त सामुदायिक भवन बन्न थालेपछि भवनको हलमा नै बैठक तथा सभा हुन थालेपछि गाउँघरका चौतारी प्रयोगविहीन हुँदै गएका छन्”, बेनी–२ का ७९ वर्षीय टेकबहादुर कार्कीले भन्नुभयो ।

पहिला धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । सार्वजनिक जग्गाजमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिएका छन् ।

बेनी–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रुपान्तरण गर्न थालिएको बताउनुभयो । “अहिलेका प्रतीक्षालय जस्तै पहिलेका चौतारीको महत्व छ”, उहाँले भन्नुभयो “धार्मिक, जैविक विविधताको संरक्षण र विश्रामको सुविधाका लागि जीर्ण चौतारीको पुन:निर्माण गर्न थालेका हौँ ।”

बेनी–७ मा १८ चौतारी र एउटा पोखरी छन् । चौतारी मर्मतका लागि आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले रु चार लाख ५० हजार विनियोजन गरेको थियो । सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालय अगाडिको चौतारी संरक्षण गर्न थालिएको नगर कार्यालयले जनाएको छ ।

गत आवमा विनियोजन भएको रु एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिएको थियो । सो चौतारीको नजिकै बेनी बजार अवस्थित वडा नं ७ र ८ बाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ ।

ज्यामरुककोटमा रहेका पाँच वटा चौतारीको पनि पुन:निर्माण गरिएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । रासस