९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

तेह्रथुममा ढाका महोत्सव सुरु– तस्बिरहरु

तेह्रथुममा ढाका महोत्सव सुरु– तस्बिरहरु
अ अ+ अ-

तेह्रथुम । तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा स्थानीय उत्पादन ढाका, परम्परागत बालीका परिकार, विभित्र जातजातिका खानाका परिकार, चिया, दूधजन्य परिकार, जडीबुटीका स्टल गरी ४० वटा स्टल राखिने आयोजकले जनाएको छ । उद्योग वाणिज्य सङ्घ तेह्रथुम र पोखरी एकीकृत समाज म्याङलुङ १० तम्फुलाको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो ।

५० हजार अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने र रु एक करोड बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजक समिति उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजीव ढुङ्गानाले बताउनुभयो । उहाँले भत्रुभयो, “महोत्सव अवलोकनका लागि विभित्र जिल्लाका ढाका तथा अन्य उद्यमी व्यवसायीलाई निमन्त्रणा गरेका छौँ ।”

सांस्कृतिक झाँकीसहित म्याङलुङबजार परिक्रमा गरी सुरु भएको महोत्सव म्याङलुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले उद्घाटन गर्नुभयो । प्रमुख तुम्बाहाम्फेले मुलुकको आर्थिक विकास, स्वदेशी उत्पादन र पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्न महोत्सवले महत्वपूर्ण योगदान दिने चर्चा गर्नुभयो । ढाका र गुराँसको राजधानीका रुपमा तेह्रथुम परिचित छ । महोत्सवले ढाका र गुराँसकै प्रचारप्रसार हुने महोत्सव आयोजक संस्था पोखरी एकीकृत समाजका अध्यक्ष प्रेम तुम्बाहाङ्फेले विश्वास व्यक्त गर्नुभयो ।

अठ्ठाइस प्रजातिका गुराँस तेह्रथुमको टिएमजे (तीनजुरे, मिल्के, जलजले) क्षेत्रमा पाइन्छ । तेह्रथुमको लालीगँराँस नगरपालिकामा पर्ने यो क्षेत्रमा तराईको गर्मी छल्न र गुराँस अवलोकन गर्न धेरै अवलोकनकर्ता आउने आङ्कलन आयोजकको छ । महोत्सवमा आउने पर्यटकले तेह्रथुमका अन्य पर्यटकीय क्षेत्रहरु ह्यात्रुङ झरना, मेन्छ्यायेम डाँडा, तिनजुरे, चिचिलिङ पोखरीलगायतको समेत भ्रमण गर्ने अनुमान गरिएको महोत्सव आयोजक समितिका सदस्य रुपक सुवेदीले बताउनुभयो ।

ढाका महोत्सवले स्थानीय उद्यमीलाई हौसला मिलेको अनुग्रह ढाका उद्योगकी सञ्चालिका शान्ति लिम्बूले बताउनुभयो । सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउन, ढाकाको ‘ब्रान्डिङ’ गर्न, ढाकाको राजधानी तेह्रथुमको पहिचानलाई पुन: उजागर गर्न यो महोत्सवले सहयोग पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा मेला महोत्सव समितिका सभापति उमेश डालमियाले स्पष्ट पार्नुभयो । “बजारीकरणमा स्थानीय तहले निजि क्षेत्रको सहकार्यमा नङ र मासुको हिसाबमा काम गरे मात्र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्न सक्छ, स्थानीय तहले एक्लैले सम्भव छैन”, उहाँले भत्रुभयो ।