११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

मुलुकलाई वाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमाले बलियो शक्ति बन्न जरुरीः ईश्वर पोखरेल

मुलुकलाई वाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमाले बलियो शक्ति बन्न जरुरीः ईश्वर पोखरेल
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई वाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल वाह्य हस्तक्षेपको शिकार भईरहेको उल्लेख गर्दै उहाँले वाह्य शक्तिको हेपाईबाट जोगिन पनि एमाले बलियो शक्तिको रुपमा उदाउन जरुरी रहेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष मुलुकलाई वाह्य हस्तक्षेप हुन नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व लिएको बेला काम गरेको समेत स्मरण गराउनु भयो । राष्ट्रिय युवा संघ नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कहिल्यै पराधिन नभएको मुलुकको राष्ट्रिय स्वाधिनतालाई बचाई राख्न पनि एमाले बलियो शक्ति हुनुपर्ने भएकाले पार्टीको सो अभियान चलाएको पनि स्पष्ट पार्नु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्तिमा बदल्ने गरी अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने जरुरी छ । त्यसका लागि एमालेको संगठनहरु सुदृढ हुनुप¥यो । एमालेसँग सम्वद्ध जनसंगठनहरु सुदृढ हुनुप¥यो । र मात्रै त्यो आवश्यक्ता पूरा गर्न सकिन्छ । होइन भने यत्रा ठूलो शक्ति राष्ट्रहरुको बीचमा हामी छौं । हाम्रा पुर्खाहरुले हाम्रो देश बनाए, बचाए । कहिल्यै कसैको गुलाम भएन हाम्रो देश । कसैको पराधिन हुनु परेन । तर अहिले जस्तो हालत छ । त्यो हालतलाई नबदल्ने हो भने हामीलाई विदेशीले हेप्ने, छिमेकीले हेप्ने, सिध्याउन बेर छैन । त्यसकारणले त्यस्तो नहोस् भन्नका लागि हाम्रो संगठित शक्ति एउटा निर्णायक राष्ट्रिय शक्तिको रुपमा एमाले उभिनुपर्छ । अनि मात्रै यो अवस्थालाई बदल्न सकिन्छ । त्यसकारण अहिले युवा संघको भूमिका भनेको एउटा उत्पादनका कुरा, रोजगारीका कुरा, सीपका कुरा र आत्मनिर्भर बन्ने कुरा छ । यी चीजहरुमा ध्यान दिन जरुरी छ । अर्को भनेको निर्णायक राष्ट्रिय शक्ति बनाउने कुरामा एमालेले जुन अभियान थालेको छ । यसमा सहयोग पु¥याउनुपर्ने जरुरी छ । आज हाम्रो अगाडि यो अभिभारा छ । यो अभिभारा पुरा गर्नेपर्ने जरुरत छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरुलाई भ्रष्ट्रखालका कुनैपनि गतिविधिमा संलग्न नहुने पनि निर्देशन दिनुभयो ।