२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन

अतिक्रमणको प्रतिकारमा नेपाली

अतिक्रमणको प्रतिकारमा नेपाली
अ अ+ अ-

मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा बलले नेपालतर्फको भूभागमा पसेर सीमा मिच्ने गरेको छ । कहिले सीमावारी भौतिक संरचना बनाउँछ त कहिले जङ्गे पिलर नै कब्जाको प्रयास गर्छ । 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै यो समस्या रहने गरेको छ । तराईमा भन्दा पहाडी क्षेत्रमा सीमा सुरक्षामा चुनौती रहेको त्यस क्षेत्रका बासिन्दाको भनाइ छ । भर्खरै पनि भारतसँग सीमा जोडिएको जिल्लाको सूर्योदय नगरपालिका– २ हिलेमा भारतीय सीमासुरक्षा बलले नेपालतर्फका भूभाग कब्जा गर्न खोजेपछि यस्तै झमेला भयो । स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो । 

गत शनिबार पुशपतिनगरस्थित हिले क्षेत्रमा रातारात भारतीय सीमासुरक्षा बल एसएसबीले एकतर्फीरुपमा नेपालतर्फको सीमामा बारबेरा लगाएको सीमा क्षेत्रमा बस्ने नेपालीहरुको भनाइ छ । भारतीय पक्षले नेपालतर्फको भूभाग कब्जा गर्न खोजेपछि एकजुट भएका नेपालीले यसको खुलेरै नेपालको रक्षा गर्नुप¥र्यो । 

स्थानीयवासीको तीव्र विरोधपछि एसएसबीले आइन्दा सीमा क्षेत्रमा यस्ता क्रियाकलाप नगर्ने भन्दै पछाडि हट्नुपर्यो । वैज्ञानिक सिमाङ्कन नहुँदा पूर्वी सीमाको इलाम खण्डअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा वर्षेनी यस्तै समस्या बल्झिरहने गरेको छ । यो समस्या वर्षमा एक दुइपटक जस्तै दोहोरिने गरेको स्थानीयवासी फुर्वा शेर्पाको भनाइ छ । 

देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको दृश्यावलोकन स्तम्भ निर्माणमा पनि एसएसबीले रोक लगायो । त्यो स्तम्भ बन्दै गरेको जग्गा नेपालकै भए पनि एसएसबीले आफ्नो भन्दै रोक लगाउने गरेको छ । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ ।

विसं २०६४ को संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बिओपी राखेको थियो । भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राखेको छ । इलाममा नेपाल–भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेको बताइएको छ । उनीहरु हतियार लिएर नै बस्ने गरेको समेत बताइन्छ । भारतले बारम्बार सीमा मिचेर संरचना बनाइरहन्छ तर नेपाली भूभागमा संरचना बनाउँदा पनि पटकपटक रोक लगाउने र दुःख दिइरहने गरेको स्थानीयवासीको भनाइ छ ।

मानेभञ्ज्याङमा नेपाल र भारततर्फ दशगजा क्षेत्रमा घर बनेका छन् । पशुपतिनगरको फाटकमा भारतीय तर्फबाट दशगजा क्षेत्रमा गुम्बा बनाइएको छ । गुम्बा बन्न थालेपछि नेपालतर्पmबाट पटकपटक पहल गरिएको भनिए पनि संरचना बनाएरै छाड्यो । केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दशगजाभित्रै देखिए पनि संरचना बनाउन रोकिएको छैन ।

इलामसँगै पूर्वको झापा गौरीगञ्जदेखि इलामको रोङ सीमावर्ती पाटापुरसम्मको १४४ किलोमिटर र इलामको सन्दकपुरदेखि पाँचथर हुँदै ताप्लेजुङको कञ्चनजङ्घा हिमालसम्मको सीमा क्षेत्रमा जहिल्यै समस्या आउने गरेको छ । सीमा गासिएकै कारण भारतीय सुरक्षा बल एसएसबीको दबदबामा सबैभन्दा धेरै सन्दकपुर गाउँपालिकासहित सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका छन् । यी स्थानीय तहमा सीमावर्ती क्षेत्रमा नेपाल सरकारमार्फत तोकिएका पूर्वाधार र विकास निर्माणका काम अघि बढ्न सकिरहेका छैनन् । निर्माणाधीन अवस्थामा रहेका कतिपय पूर्वाधार अहिलेसम्म पनि अधुरै देखिएका छन् ।  

विसं २०५८ मा पशुपतिनगरको हिले क्षेत्रमा नै भारतीय पक्षले रातारात नेपालीका सात घरलाई समेत आफ्नोमा पार्ने गरी पिल्लर सारेको सीमा क्षेत्रका स्थानीयवासी स्मरण गर्छन् । आफूले भोगेका समस्या खुलेर कुरा गर्नसमेत समस्या भएको सीमाका बासिन्दाको भनाइ छ । विसं २०६५ मा सूयोदय नगरपालिकाको श्रीअन्तुको गुफापातल क्षेत्रमा क्याम्पको क्षेत्र एकीन गर्ने भन्दै नेपाली भूमिमा भारतीय पक्षले बारबेरा शुरु गरेको थियो । त्यहाँ पनि नेपालीको तीव्र विरोधका कारण भारतीय पक्ष पछि सर्नु परेको थियो । 

सीमा क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारले सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट राख्नेक्रम निरन्तर छ । इलाममा मात्र यस वर्ष पाँच बिओपी स्थापना भए । जिल्लाका सीमा क्षेत्रमा पर्ने सात स्थानमा सशस्त्र प्रहरीका बिओपी स्थापना भइसकेका छन् । सशस्त्र प्रहरीले मात्र सीमाको रक्षा गर्न कठिन भएको बताइएको छ । अझै केही अन्य स्थानमा पुनः बिओपी थप गर्ने लक्ष्य लिइएको छ । 

पहिला गाडिएका सीमास्तम्भ कतिपय भारतीय पक्षले गायब गरिसकेको छ भने कतिपय आधा खनेर छोडिएको छ । सीमावर्ती क्षेत्र इलाममा मात्र ३७ सीमास्तम्भ छैनन् । यो क्षेत्रमा मुख्य (जङ्गे) पिलर १७ हुनुपर्नेमा १६, सहायक पिलर ८३ हुनुपर्नेमा ७२ रहेको बताइएको छ । सानो पिलर ४६ हुनुपर्नेमा २१ मात्र भएको बताइएको छ । सीमा पिलर नै कतिपय ठाउँमा गायब भएका कारण पनि सीमामा समस्या बल्झिने गरेको छ । 

भारतीय पक्षबाट गुगल म्याप लिएर सिमाङ्कनका लागि अघि बढ्दा समस्या थपिने गरेको छ । यसबारेमा दिगो समस्या समाधानको उपाय खोज्नुपर्ने सूर्योदयका नगर प्रमुख रणबहादुर राईले बताउनुभयो । सीमा क्षेत्रमा खट्ने सशस्त्र प्रहरीका अधिकृतले भने पूर्वमा त्यति धेरै समस्या नभएको बताउने गरेका छन् । टीका खतिवडा /रासस