२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट

यी राशिलाई सुनको गहना लाउँदा हुन्छ नकारात्मक असर

यी राशिलाई सुनको गहना लाउँदा हुन्छ नकारात्मक असर
अ अ+ अ-

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ। ज्योतिष शास्त्रलाई आधार मान्ने हो भने हरेक धातुको भिन्न-भिन्न ग्रहसँग सम्बन्ध हुने गर्छ। सौर्यमण्डलमा रहेका ग्रहहरुले एक व्यक्तिको शरीरमा रहेको धातु अनुसार असर देखाउन ज्योतिषशास्त्रको भनाइ रहेको छ।

कहिले काहीं शरीरमा हालत धातुका गहना रहनाले विभिन्न ग्रहको नकारात्मक असर हुने गर्छ। ज्योतिषशास्त्रका अनुसार सुनका गहनालाई लापरवाही गरेर प्रयोग गर्नु हुँदैन। सुनको गहना लगाएको कारणनै भाग्योदयमा असर पर्न सक्छ। ज्योतिष शास्त्रका अनुसार विभिन्न तीन राशि हुने व्यक्तिहरुले कहिले पनि सुनको औंठी र गहना लगाउन हुँदैन।

मेष, कन्या र धनु राशि भएकाहरुले हातमा सुनका औंठी लगाउँदा मात्रै पनि प्रगतिमा वाधा पुग्न सक्छ। यी तीन राशि भएका व्यक्तिहरु आफ्नो जीवनमा दुख मात्रै पाइरहेका छन् भने हातमा भएका औंठी बेचिहाल्न उचित हुन्छ। यसरी शरीरमा भएको कुनै पनि सुनको गहना बेच्नाले जीवनमा उर्जा थपिने ज्योतिषशास्त्रीहरुको भनाइ रहेको छ। सुन लगाउनाले यी तीन राशि हुनेहरुको घन-सम्पतिमा गलत असर र नकारात्मक उर्जा पैदा गर्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ।

यदी तपाई आफ्नो जीवन सजाउन चाहनुहन्छ भन्ने सुन लगाउने र राख्ने सही विधि जानीराख्नुस ज्योतिषशास्त्रअनुसार बायाँ हातमा सुन लगाउनु उचित होइन । बाँया हातमा सुन लगाउदा दुर्भाग्य निम्त्याउने विश्वास गरिन्छ । साथै सुन हराउनु वा भेट्टाउनु अशुभ मानिन्छ । सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्ने मान्यता छ । यदी तपाई दाम्पत्य जीवन खुसी बनाउन चाहनुहुन्छ घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् । ज्योतिषशास्त्रअनुसार यसलाई शुभ मानिन्छ । तर गर्भवती र वृद्धा महिलाले सुनका गरगहना थोरै लगाउनु राम्रो मानिन्छ भने धेरै सुन लगाउनु अशुभ मानिन्छ । सन्तान प्राप्तिका लागि अनामिका औंला (साहिँली) मा सुन लगाउनु शुभ मानिन्छ।

साथै, खुट्टामा सुन लगाउनु राम्रो मानिदैन । यसले दाम्पत्य जीवनमा नराम्रो प्रभाव पार्ने गरिन्छ । घरमा सुन राख्दा केसर राखी रातो वा पहेंलो कपडामा बाँधेर घरको उत्तर पूर्वमा राख्नु शुभ मानिन्छ । सुन दान गर्दा ब्राह्मण पुजारी वा गुरुलाई दिनु शुभ हुन्छ । फलाम, कोइला वा शनिसँग सम्बन्धित धातुको काम गर्नेहरूले सुन लगाउनु अशुभ मानिन्छ। यदी लगाउनै परेमा ज्योतिषसँग सल्लाह गरि लगाउदा राम्रो हुन्छ।

सुनले ऊर्जा र गर्मी दुवै उत्पन्न गर्छ । सुनपानी पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ । त्यसैले कान्छी औंलामा सुन लगाउनु लाभदायक मानिन्छ । कम्मरमा सुन धारण गर्दा पाचन तन्त्रमा समस्या आउने मान्यता छ । मोटोपनको समस्या भएका र रिसाहा मानिसले सुन धारण गर्नु उचित मानिँदैन । अत: सुन कहिल्यै पनि अपवित्र नहुने मान्यता छ। एजेन्सी