९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिचिङ अस्पतालका चिकित्सकमाथि आक्रमण



अ+ अ-

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ । आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर सविन भण्डारीमाथि कुटपिट गरेका हुन् ।

बुटवलबाट शिक्षण अस्पतालबाट रिफर गरिएका ति बिरामी पीसीआर जाँच नेगेटिभ थियो । अस्पतालको ननकोभिड वार्डमा उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डाक्टर सन्तकुमार दासले बताए । उनको अनुसार ति बिरामीको अवस्था भर्ना गर्दा नै नाजुक थियो । 

‘बुटवलमा गरिएको पीसीआर नेगेटिभ देखाएको रिपोर्ट हेरेपछि हामीले इन्फ्लुएञ्जाको मात्रै शंका गरेर परीक्षण गर्न टेकु पठाएका थियौं,’ डाक्टर दासले भने, ‘टेकुमा इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि ल्याबले कोरोनाको शंका गरेर पीसीआर गरेछ, त्यो बेला पीसीआर पोजेटिभ आएको हामीलाई फोन मार्फत जानकारी आयो।’

पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारीपछि बिरामीलाई कोभिड आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । डाक्टर दासका अनुसार मृत्युपछि रिपोर्ट लिन जादाँ ल्याबले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र पठाएको थियो । सोही कारण मृतकका आफन्तले कोरोना नभएको मानिसलाई कोभिड आईसीयूमा राखेर मृत्यु भएको भन्दै हातपात गरेको दास बताउछन् ।

‘हामीले इन्फ्लुएञ्जाको मात्र रिपोर्ट दिएर किन पीसीआरको रिपोर्ट नदिएको भनेर ल्याबलाई प्रश्न गर्दा पीसीआर जाँचको शुल्क दिएको छैन भन्ने जानकारी आयो,’ डाक्टर दासले भने, ‘तर मृततका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरे।’