५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको फाइनलमा पुग्न रियल मड्रिड र बायर्न म्युनिख भिड्दै



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आज दोस्रो सेमिफाइनल अन्तर्गत स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनलको दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुन लागेको हो । यसअघि पहिलो लेग बायर्नको घरेलु मैदानमा भएको थियो जसमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । एग्रिगेटमा दुबै टोली २–२ मा छन् ।

खेल नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ । यो खेलको विजेताले उपाधिका लागि बोरुसिया डर्टमण्डको सामना गर्नेछ । डर्टमण्डले गएराति पिएसजीलाई हराउँदै एग्रिगेटमा २–० को नतिजासहित फाइनलमा स्थान बनाएको थियो ।

फाइनल खेल जुन २ मा लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।