काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ पुनः केही बढेको छ । सुनको मुल्य प्रति तोलामा रु ६ सयले बढेको हो ।
हिजो (बुधवार) सुनको मुल्य प्रति तोला रु ९२ हजार ५ सयमा कोरोबार भएको थियो भने आज रु ६ सयले बढेर छापावाला सुनको मुल्य रु ९३ हजार १ सय र तेजावी सुनको मुल्य प्रति तोला रु ९२ हजार ६ सयमा कोरोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको हो ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ७५ रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।








