९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

उदीयमान नेपाल बनाउनु आजको आवश्यकता: ओली

उदीयमान नेपाल बनाउनु आजको आवश्यकता: ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्ध नेपाल र सुखी नेपालीको साझा परिकल्पना हासिल गर्न निजी स्वदेशी तथा विदेशी लगानी आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार लगानी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको विकास र समृद्धिका लागि लगानी गर्न आग्रह गर्नुभयो । उहाँले । लगानी सम्मेलन नेपालका लागि विदेशी लगानी कर्ता भित्र्याउने ठूलो ठाउँ बनेको बताउनु भयो । उहाँले नेपालको विकास प्रक्रियामा लगानी मार्फत योगदान गर्न आग्रह गर्नुभयो । उहाँले पुँजी र प्रविधिको खाडललाई अभिवृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । नयाँ लगानीबाट उदीयमान नेपाल बनाउनु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले नेकपा एमाले लगानीमैत्री वातावरण सिर्जना गर्न तयार रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई समापन समारोहमा बोलाएर बोल्ने मौका दिनुभएकोमा धेरै धेरै आभारी छु । तपाईहरु लगानी सम्मेलनका लागि नेपाल आउनुभएकोमा धेरै धेरै धन्यवाद छ । नेपालमा विकासका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि निजी क्षेत्रहरुको लगानी अनिवार्य छ । नेपालको विकास र समृद्धिका लागि लगानी गर्न आग्रह गर्दछु । सूचना तथा प्रविधि लगायतका क्षेत्रमा लगानीको धेरै ठूलो माहोल छ । लगानी सम्मेलन नेपालका लागि विदेशी लगानी कर्ता भित्र्याउने ठूलो ठाउँ पनि हो । देशको विकासमा सबै राजनीतिक दलहरु एक भएर जिम्मेवारीलाई पूरा गर्नुपर्छ । नेपालको विकास प्रक्रियामा लगानी मार्फत योगदान गर्न इच्छुकहरुले लगानी गरेर विकासमा सहयोग गर्न सक्नुहुनेछ । प्रविधिको स्थानान्तरण र व्यापारको कुशल व्यवस्थापन अभ्यासहरू नेपालमा गर्न सकिन्छ । समृद्ध नेपाल र सुखी नेपालीको साझा परिकल्पना हासिल गर्न निजी स्वदेशी तथा विदेशी लगानी र पुँजी र प्रविधिको खाडललाई अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो । नयाँ लगानी प्रविधिसहित उदीयमान नेपाल बनाउनु आजको आवश्यकता हो । यसमा सबैले हातेमालो गर्न जरुरी छ । नेकपा एमाले लगानीमैत्री वातावरण सिर्जना गर्न तयार छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार परिणाममुलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको उल्लेख गर्दै यसले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएको बताउनु भयो । निर्धक्क भएर नेपालको समृद्धिको यात्रामा सघाउन र लगानी गर्न आग्रह गर्नुभयो ।—न्युज एजेन्सी नेपाल