१५ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः शीर्ष स्थानको राजस्थान रोयल्सको आठौं जित, लखनउलाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अर्को जित दर्ता गरेको छ । टोलीले लखनउ सुपरजाइन्ट्सलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गरेको हो ।

राजस्थानका लागि कप्तान सञ्जु सामसन र ध्रुव जुरेलले अर्धशतक बनाए । दुवैले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै लखनउको हातबाट खेल बाहिर निकाले ।

शनिबार एकना रंगशालामा भएको खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । केएल राहुलले ७६ र दीपक हुड्डाले ५० रन बनाए । राजस्थानका सन्दीप शर्माले २ विकेट लिए । आवेश खान, रविचन्द्रन अश्विन र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।

राजस्थानले १९ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो । सामसन ७१ रन बनाएर नटआउट रहे भने जुरेल ५२ रन बनाएर नटआउट रहे । स्यामसनले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । उनले जुरेलसँग १२१ रनको साझेदारी गरे । लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले १–१ विकेट लिए ।

राजस्थान रोयल्स ९ खेलमा आठौं जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीको १६ अंक छ । उनीहरूभन्दा तल ४ टोली १०–१० अंकसहित दोस्रोदेखि पाँचौँ स्थानमा छन् । लखनउ ९ खेलमा चौथो हार, ५ जितपछि १० अंक जोड्दै चौथो स्थानमा छ ।