२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान



अ+ अ-

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आईपीएलको ४१ औं खेलमा सनराइजर्स हैदराबादलाई ३५ रनले हरायो । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

जवाफमा हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।

आरसीबीका तर्फबाट विराट कोहली (५१ रन) र रजत पाटीदार (५० रन)ले अर्धशतक बनाए । आईपीएलका १० सिजनमा ४०० भन्दा बढी रन बनाउने विराट पहिलो खेलाडी बनेका छन् । योसँगै रजतले आईपीएलमा आरसीबीका लागि १९ बलमा दोस्रो छिटो अर्धशतक बनाए ।

कोहलीले यो सिजन ४०० रन पुरा गरेका छन् । उनी १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान बने । यसअघि उनी सुरेश रैना, डेभिड वार्नर, शिखर धवनसँग बराबरीमा थिए । तीनै ब्याट्सम्यानले आईपीएलको ९ सिजनमा ४०० भन्दा बढी रन बनाएका छन् । यद्यपि, यो सिजन डेभिड वार्नर र शिखर धवनले कोहलीसँग बराबरी गर्ने मौका भने छ ।

यसका साथै कोहलीले आईपीएलमा ओपनरका रुपमा ५१ रनको इनिङ्स खेल्दै ४ हजार रन पनि पुरा गरेका छन् । उनी यस्तो गर्ने चौथो ब्याट्सम्यान बने । यसअघि शिखर धवन, डेभिड वार्नर र क्रिस गेलले यो उपलब्धि हासिल गरिसकेका छन् । शिखर धवनले ओपनरका रूपमा २०२ इनिङ्समा सर्वाधिक ६३६२ रन बनाएका छन् । केएल राहुल पनि ४ हजार रन नजिक छन् ।