२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईका फ्यानहरूको बीचमा लखनउका एक मात्र फ्यानले मजा लुटे



अ+ अ-

एजेन्सी । लखनउ सुपर जायन्ट्सले मंगलबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्सलाई लाई पराजित गर्दै ठूलो जीत हासिल गरेको छ । एक क्षणको लागि यो खेल चेन्नईको पक्षमा गएको थियो तर मार्कस स्टोइनिसको अविजित शतकको आधारमा लखनउले खेल जित्यो ।

२११ रनको लक्ष्य पछ्याएको लखनउको टोलीले ३ बल बाँकी रहँदै खेल जित्यो । चेन्नईको मैदानमा पहेँलो जर्सी लगाएका दर्शकले स्टेडियमको दृश्य नै फरक देखिन्थ्यो ।

यसैबीच, चेपौकको एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ, जसमा लखनऊ सुपर जायन्ट्सका एकमात्र फ्यान पहेंलो जर्सीले भरिभराउहरुको बीचमा एक्लै बसिरहेका छन् । यो त्यो समयको भिडियो हो जब लखनउको टिम जितको धेरै नजिक थियो ।

चेन्नईले लखनउको घरेलु मैदानमा ६ विकेटले हार बेहोरेको थियो। चेपौकमा भएको यो खेलमा पुरै रंगशाला पहेँलो समुन्द्र जस्तै देखिन्थ्यो । नीलो जर्सी लगाएका केही मानिसहरू मात्र लखनऊ सुपर जायन्ट्सलाई समर्थन गर्न आएका थिए । यसैबीच लखनउका एक फ्यानले भीडलाई छायाँमा पारे ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा लखनऊका एक कट्टर फ्यान सीएसकेका फ्यानहरूका बीचमा एक्लै बसेको देखिन्छ ।

लखनऊको टोलीले चेन्नईविरुद्धको खेल जित्ने बित्तिकै, उनी खुशीले उफ्रिरहेको देखियो र सबै चेन्नईका फ्यानहरू उनलाई देखेर निराश भए । क्यामेराम्यानले लखनउबाट आएका फ्यानलाई चेपौकमा आफ्नो क्यामेरामा कैद गरे जसले उफ्रिएर आफ्नो खुशी व्यक्त गर्छन् ।

यो भिडियो भाइरल भएपछि लखनऊ सुपर जायन्ट्सका फिल्डिङ कोच जोन्टी रोड्सले आफूले ती फ्यानलाई ठूलो पर्दामा देखेको बताए । जोन्टीले भने कि लखनउ धेरै खुसी छ कि टिमले खेल जितेर ती फ्यानलाई २ अंक उपहार दिए ।